कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : डा. शेखर कोइराला



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् ।

विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए ।

नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ,’ उनले भने, ‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छाैं ।’

शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी आक्रामक रुपमा अगाडि बढिरहेका छन् । तर कोइरालाले भने खुलेर बोलेका छैनन् ।

‘पार्लामेन्ट्री पार्टीको लिडरसीपको लागि मुख्य नम्बर (सदस्य संख्या) गेम नै हो,’ उनले भने, ‘अब हामीले कोशिस गर्ने हो त्यो नम्बर पुर्‍याउनलाई । नम्बर गेम लिनलाई हामीले प्रयास गर्ने, त्यो बेग्लै कुरा भो तर नम्बर पुगेन भने शिथिल भएर बस्ने त होइन, हाम्रा एजेण्डाहरु छँदैछन् त्यसलाई अगाडि बढाउने हो ।’

उनले संसदीय दलको नेतामा दावी गरिरहेका नेता गगन थापासँग आफ्नो फोनमा मात्रै कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...