समानुपातिकतर्फ एमाले र कांग्रेसबीचको मतान्तर १,२८,३८६



हाम्रो इकोनोमि

 

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

बिहीबार बिहान साढे ११ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ३१ हजार ८५२ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख तीन हजार ४६६ मत ल्याएको छ ।

कपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ५५ हजार ३०९ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उक्त पार्टीले ११ लाख आठ हजार २१७ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८१ हजार ४३५ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख १६ हजार २०३ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ८६ हजार १०७ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९२ हजार ६६० मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ६८ हजार ८२३ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६३ हजार ३७ मतसहित १०औँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

अहिलेसम्म एक करोड दुई लाख ५० हजार ५४६ मत गनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...