थापाथलीमाको सुकुम्वासी बस्ती हटाउन पछि नहट्ने महानगर



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन् ।

काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ, यसले जति विरोध र प्रतिरोध भए पनि महानगर बस्ती हटाउनबाट पछि नहट्ने स्पष्ट गरेको छ । महानगरपालिका स्रोतका अनुसार अहिले महानगरले परिपक्व ढंगबाटै बस्ती खाली गर्ने रणनीति बुनिरहेको छ

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति पनि महानगरको साथमा उभिएको छ । उसकै जोडबलमा महानगर बस्ती हटाउन अघि सरेको थियो ।

४ मंसिरको समयसीमा राखेर समितिले खाली गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो । ६ मंसिरमा नै महानगरले बस्ती खाली गर्ने तयारी गरे पनि मतगणना र विजय र्‍यालीहरुमा सुरक्षाकर्मी व्यस्त हुने भन्दै १२ मंसिरका लागि सारिएको थियो ।

पूर्वयोजनाअनुसार सोमबार थापाथली पुगेको महानगरको प्रहरी टोलीमाथि स्थानीयले ढुंगा बर्सााएका थिए । नगर प्रहरी बलका प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएपछि मंगलबार नगर प्रहरी थापाथलीमा जान सकेन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...