थापाथलीमाको सुकुम्वासी बस्ती हटाउन पछि नहट्ने महानगर



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन् ।

काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ, यसले जति विरोध र प्रतिरोध भए पनि महानगर बस्ती हटाउनबाट पछि नहट्ने स्पष्ट गरेको छ । महानगरपालिका स्रोतका अनुसार अहिले महानगरले परिपक्व ढंगबाटै बस्ती खाली गर्ने रणनीति बुनिरहेको छ

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति पनि महानगरको साथमा उभिएको छ । उसकै जोडबलमा महानगर बस्ती हटाउन अघि सरेको थियो ।

४ मंसिरको समयसीमा राखेर समितिले खाली गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो । ६ मंसिरमा नै महानगरले बस्ती खाली गर्ने तयारी गरे पनि मतगणना र विजय र्‍यालीहरुमा सुरक्षाकर्मी व्यस्त हुने भन्दै १२ मंसिरका लागि सारिएको थियो ।

पूर्वयोजनाअनुसार सोमबार थापाथली पुगेको महानगरको प्रहरी टोलीमाथि स्थानीयले ढुंगा बर्सााएका थिए । नगर प्रहरी बलका प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएपछि मंगलबार नगर प्रहरी थापाथलीमा जान सकेन ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...