कांग्रेसको सरकार बने मुख्यमन्त्री म हुन्छु : इन्द्र बानियाँ



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले वागमती प्रदेशमा नेपाली कांग्रेसको सरकार बनेको अवस्थामा आफू मुख्यमन्त्री हुने दाबी गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले आज गरेको प्रमाणपत्र वितरण कार्यक्रमपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बानियाँले आफू यसअघि पनि कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भएको कारण यो पटक पनि मुख्यमन्त्रीको स्वभाविक दाबेदार भएको बताए ।

उनले भने ‘मुख्यमन्त्रीको प्रबल संभावना या दाबेदार जे भनेपनि म हो जस्तो लाग्छ अहिलेसम्म, प्रत्यक्षमा पनि बढि आएको र समानुपातीकमा पनि वागमतीमा हाम्रो बढी सिट आउने देखिएको छ, त्यसकार यो बागमती प्रदेश कांग्रेसको भागमा पर्छ र कांग्रेसकोमा पर्दाखेरी संसदीय दलको नेता म भएभने मै मुख्यमन्त्री हुन्छु जस्तो लाग्छ मलाई, त्यो त अरु बिकल्प छैन ।’ संघियता भनेको प्रदेशलाई बुझिने बताउँदै अब संघियता कार्यन्वयनको लागि गठवन्धन भएको बानियाँको दाबी छ । देशको पाँचवटा प्रदेशमा बहुमत देखिएको भन्दै उनले केन्द्र र प्रदेशमा गठवन्धनको सरकार निर्माण हुने बताए ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...