गाउँ-गाउँमा नवनिर्वाचित सांसद : मतदातालाई धन्यवाद दिँदै खुसी साट्दै



हाम्रो इकोनोमि

 

 

प्युठानमा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद दिन घरदैलोमा पुग्न थालेका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घरदैलोमा पुगेका छन्। प्युठानबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सुर्य थापा, प्युठान प्रदेशसभा–(१)मा विजयी भएका तुलसिराम शर्मा मतदातालाई धन्याबाद दिँदै घर–घरमा पुगेर खुसी साटिरहेका छन्।

प्युठानबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताए। उनले भने, ‘पहिले मत माग्यौँ, अब उहाँहरुको समस्या के छ माग्छौँ, समाधान गरेरै छाड्छौँ।’ उनले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगिरहेको एमाले प्युठानका अध्यक्ष बिजयबिराज विस्टले बताए ।

उनले भने,’ वडावडामा पुगेर मतदातालाई धन्याबाद दिने कार्यक्रम बनाएका छौं।’ एमालेबाट प्रदेश सभा १ मा चुनाब जितेका शर्माले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताए। उनले भने, ‘हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी काम गर्छौँ ।’ बिगतमा प्युठानबाट चुनाब जितेर गएका जनप्रतिनिधीहरु जनप्रतिनिधीहरु जिल्ला नफर्किएको र विकास निर्माणमा भुमिका खेल्न नसकेको मतदाताहरुको गुनासो थियो।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...