चुनाव हारेका देउवाका मन्त्रीहरु अझै सिंहदरवारतिर घाम ताप्दै



हाम्रो इकोनोमि

 

 

सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका छैनन् । आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु सामान्य कुरा भए पनि मन्त्रीहरु सिंहदरवार फर्किएर गडबडीमा ब्यस्त बनेका हुन ।

गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ यो निर्वाचनमा पराजित भए पनि मन्त्रालय फर्किएर गडबडीमा रमाउन थाल्नुभएको हो

गृहमन्त्री खाँण प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा कायमै छन्, अरू मन्त्री पनि उहाँभन्दा फरक देखिएनन । खाँण रूपन्देही–३ बाट राप्रपाका दीपक बोहरासँग पराजित हुनभएको हो । शनिबार सम्पन्न मतगणनामा बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाँणले ३४ हजार ३६ मत मात्रै पाउनु भयो । यद्यपि श्रीमती मञ्जु खाँण कांग्रेसको समानुपातिक सूचीमा खसआर्यतर्फ छैटौं नम्बरमा हुनुहुन्छ । उहाँ सांसद बन्ने पक्कापक्की छ ।

खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी पनि बारा–१ बाट पराजित हुनुभएको छ । उहाँ एमालेका अच्युतप्रसाद मैनालीसँग ९ हजार १ सय ३९ मतान्तरले पराजित हुनुभएको हो । मैनालीले ३९ हजार १ सय ९५ मत ल्याउँदा चौधरीले ३० हजार ५६ मत पाउनु भएको छ । उहाँ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको कोटाबाट मन्त्री बन्नुभएको थियो । सिटौला पनि झापा–३ मा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल ललितपुर–३ मा तेस्रो हुनुभयो, त्यो पनि फराकिलो अन्तरले । स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ र माओवादीकी भुसालले ८ हजार ७ सय ६९ मत पाउनु भएको थियो ।

माओवादी प्रतिनिधित्व गर्ने युवा तथा खेलकुदमन्त्री गहतराज बाँके–१ मा एमाले उम्मेदवार सूर्यप्रसाद ढकालसँग पराजित हुनुभयो । २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेर जितेका उहाँले यसपालि १९ हजार ६ सय ३२ मत पाउनु भयो, एमालेका ढकाल भने २५ हजार २६ मत ल्याएर विजयी हुनुभयो ।

माओवादीबाट मन्त्री बनेका भुसाल र गहतराजले नैतिकताका आधारमा राजीनामा दिन पनि पार्टीको निर्देशन पर्खेर बसेको भन्दै दुनियाँ हसाउनु भएको छ ।

काठमाडौं–८ बाट उम्मेदवार बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठ पनि तेस्रो हुनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत ल्याएर जित्दा हाम्रो नेपाली पार्टीका सुमन सायमी ५ हजार ८ सय ८९ मत ल्याएर दोस्रो हुनुभयोए । एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले भने ४ हजार ८ सय ७७ मत पाउनु भयो । तर मन्त्रालयमा बसेर निर्धक्क बदमासी गरिरहनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग असाधारण अन्तरले पराजित हुनुभएको छ । लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याउँदा श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याउनु भएको छ ।

हरुवा मन्त्रीहरु मन्त्रालय आएर कमाउ धन्दातिर लागेपछि सचिव र सहसचिवहरुको भागाभाग चलेको छ । उनीहरु मन्त्री आएको थाह पाउन साथ मन्त्रालय छाडेर हिडने अवस्था आएको ती मन्त्रालयका कर्मचारीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...