समानुपातितर्फ एमालेले २५ लाख मत कटायो, माओवादी चौथो नम्बरमा (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातितर्फको गणना जारी छ । आइतबार बिहान ८ : ४५ बजेसम्म ९२ लाख ५७ हजार ८५० मत गणना सकिदा नेकपा एमालेले नेपाली कांग्रेससँगको अग्रतालाई झनै फराकिलो बनाउँदै पहिलोस्थानमा रहेको छ । एमालेले २५ लाख २५ हजार बटाउँदा कांग्रेसले २३ लाख ९२ हजार पुर्याएको छ ।

यस्तै माओवादीलाई उछिन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा उक्लिएको छ भने माओवादी चौथो बनेको छ । राष्ट्रिय स्वतवन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ मत प्राप्त गर्दा माओवादी १० लाख ५६ हजार २७० मत ल्याएर पछ्याइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार ६३९ मतका साथ पाँचौं र ३ लाख १९ हजार ४६८ मत ल्याएर जसपा छैटौं स्थानमा छ । सीके राउतको जनमत पार्टीले २ लाख ५६ हजार ४६ ल्याउँदा नेकपा एसले २ लाख ४९ हजार २९२ मत पाएर सातौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...