झलनाथ खनाल हार्ने निश्चित, पुनः मतदानको माग



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजयनजिक पुगेका छन् । इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि परेका छन् । इलाम १ मा सातौंपटक उम्मेदवार बनेका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि परे ।

पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहेका छन् । कुल ५९ हजार ९०६ मत खसेकोमा अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ । खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उनले जित निकाल्न असम्भव हुनेछ । गठबन्धनको साथ हुँदा पनि जित्ने स्थिति नभएपछि खनालले पुनः मतदानको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...