झलनाथ खनाल हार्ने निश्चित, पुनः मतदानको माग



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजयनजिक पुगेका छन् । इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि परेका छन् । इलाम १ मा सातौंपटक उम्मेदवार बनेका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि परे ।

पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहेका छन् । कुल ५९ हजार ९०६ मत खसेकोमा अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ । खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उनले जित निकाल्न असम्भव हुनेछ । गठबन्धनको साथ हुँदा पनि जित्ने स्थिति नभएपछि खनालले पुनः मतदानको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...