ओलीसहित यी हुन एमालेका चुनाव जित्ने ४१ नेता (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १५६ स्थानको नतिजा आउँदा ४१ स्थानमा जीत निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीलगायत आठ जना पदाधिकारी ४१ जना नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजीत गर्दै निर्वाचनमा बिजयी हुनुभएको हो ।

एमाले पदाधिकारीहरुमध्ये अध्यक्ष ओली, उपाध्यक्षद्वय बिष्णुप्रसद पौडेल, सुवासचन्द्र नेम्माङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरु छविलाल बिश्वकर्मा, गोकण बिष्ट, योगेश भट्टराई र टोपबहादुर रायमाझीले जीत निकाल्नु भएको छ भने उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र सचिव लेखराज भट्ट पराजीत हुनुभएको छ ।

यस्तै सचिवद्वय रघुबीर महासेठ र पदमाकुमारी अर्यालको परिणाम आउन बाँकी रहेको छ । धनुषा ४ मा एमाले सचिव महासेठ गठबन्धनका उम्मेदवारभन्दा पछि पर्नुभएको छ । उहाँको मतगणना जारी रहेको छ भने अर्की सचिव पदमाको स्यांजा क्षेत्र नम्बर २ मा बुथ कब्जा भएकोले पुनः मतदानको मागसहित मतगणना रोकिएको छ ।

यी हुन एमालेका बिजेता

(१) झापा ५ – केपी शर्मा ओली

(२) रूपन्देही २ – विष्णु पौडेल

(३) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

(४) गुल्मी २ – गोकर्ण बिष्ट

(५) झापा २ – देवराज घिमिरे

(६) उदयपुर २ – अम्बरबहादुर रायमाझी

(७) ताप्लेजुङ – योगेश भट्टराई

(८) पर्सा ३ – राजकुमार गुप्ता

(९) अर्घाखाँची – टोपबहादुर रायमाझी

(१०)  प्युठान – सूर्य थापा

(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ

(१२) मकवानपुर २ – महेश बर्तौला

(१३) सोलुखुम्बु – मानवीर राई

(१४) पर्वत – पदम गिरी

(१५) झापा ४ – लालप्रसाद साँवा लिम्बु

(१६) रुपन्देही ५ – बासुदेव घिमिरे

(१७) धनकुटा – राजेन्द्रकुमार राई

(१८) कास्की २ – विद्या भट्टराई

(१९) बाँके १ – सूर्य प्रसाद ढकाल

(२०) सिराहा १ – राम शंकर यादव

(२१) बैतडी- दामोदर भण्डारी

(२२) कञ्चनपुर १ – तारा लामा तामाङ

(२३) कपिलवस्तु १ – बलराम अधिकारी

(२४) पाँचथर – वसन्तकुमार नेम्वाङ

(२५) कास्की ३ – दामोदर पौडेल ‘वैरागी’

(२६) सर्लाही ३ – हरिप्रसाद उप्रेती

(२७) बारा ३ – ज्वालाकुमारी साह

(२८) बारा १ – अच्युतप्रसाद मैनाली

(२९) धनुषा ३ – जुली महतो

(३०) कास्की १ – मनबहादुर गुरूङ

(३१) सिरहा ३ – लीलानाथ श्रेष्ठ

(३२) पाल्पा २ – ठाकुरप्रसाद गैरे

(३३) मोरङ २ – ऋषिकेश पोखरेल

(३४) कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता

(३५) ललितपुर २ – प्रेमबहादुर महर्जन

(३६) काभ्रेपलाञ्चोक २ – गोकुल बाँस्कोटा

(३७) पाल्पा १ – नारायणप्रसाद आचार्य

(३८) रूपन्देही १ – छविलाल विश्वकर्मा

(३९) सुनसरी २ – भीम आचार्य

(४०) इलाम २ – सुवास नेम्वाङ

(४१) महोत्तरी १-  लक्ष्मी महतो कोइरी

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...