इलाम-२ बाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ बिजयी



हाम्रो इकोनोमि

 

 

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ ।
संबिधानसभा सदस्यसमेत रहनुभएका एमाले उपाध्यक्ष नेम्वाङ ११४ मतको अन्तरले निर्वाचित हुनुभएको हो ।

उहाँले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्नुभएको हो । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित हुनुभएको थियो । उहाँ ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित हुनुहुनछ ।

शनिवार दिउसो नै मतगणना सकिए पनि कांग्रेसले नारावाजीसहित परिणाम घोषणामा अवरोध गरेपछि निर्वाचन आयोगले राती अन्तिम समयको मतगणना पुन गरी परिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो । निर्देशनपछि आयोगले परिणाम सार्वजनिक गर्दा नेम्वाङ ११४ मतले बिजयी बन्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...