एमालेका उम्मेदवारभन्दा झलनाथ खनाल दुई हजार मतले पछाडि



हाम्रो इकोनोमि

 

 

गठबन्धनको बलमा १० सीट जितेको नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने मतगणनाको सुरुदेखि नै पछि परेका छन् । इलाम क्षेत्र नम्बर १ मा गठबन्धनबाट साझा उम्मेदवार बनेका खनाल पछिल्लो अपडेटअनुसार दुई हजार मतले पछि परेका छन् । एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत १३ हजार ७४६ मतसहित अग्रस्थानमा रहदा पूर्व प्रधानमन्त्री खनाल ११ हजार ७१२ मतले पछ्याइरहेका छन् ।

उनी सुरुदेखि नै महेशभन्दा पछि परेका हुन् । उता नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ भने २ हजार मतले नै कांग्रेसभन्दा अगाडि छन् । नेम्वाङ २१ हजार १२० मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका डम्बर वहादुर खड्काले १९ हजार ४२६ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...