प्रचण्डको बुहारी वीना मगरलाई हराउदै एमालेका तामाङ विजयी



हाम्रो इकोनोमि

 

 

कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले पाँच हजार पाँच सय ४६ मतान्तरले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गरेका हुन् ।

तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी मगरले १९ हजार तीन सय ४६ मत प्राप्त गरिन् । विसं २०७४ को निर्वाचनमा मगरका सारथी बनेका तामाङले यसपटक मगरलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

तामाङ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत हुन् । उनी गत भदौमा मात्रै नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले आठ हजार छ सय ५९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीवहादुर शाहीले तीन हजार पाँच सय ३० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले एक हजार नौ सय छ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एकानब्बे हजार एक सय १० मतदाता रहेको यो क्षेत्रमा ६३ हजार छ सय चार जनाले मतदान गरेका थिए । तीन हजार छ सय १४ मत बदर भएको निर्वाच अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...