समानुपातिकमा नेकपा एमालेले १० लाख मत कटायो



हाम्रो इकोनोमि

 

 

जारी मतगणनामा नेकपा एमालेले १० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्ष स्थानमा छ । समानुपातिक तर्फको मतगणनामा एमालले सुरुवातदेखि नै अग्रता लिइरहेको छ ।

एमालेले हालसम्म १० लाख मत कटाइसकेको छ । जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेले १० लाख ३३ हजार २२९ मत पाएको छ। यस्तै, नेपाली कांग्रेस ९ लाख ८९ हजार १ मतका साथ दोस्रो स्थानमा छ । ४ लाख ८८ हजार ६ सय ९७ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र ४ लाख ५२ हजार ६ सय ४८ मतसहित चौथो स्थानमा छ।

पाचौँमा २ लाख ६२ हजार ९ सय २४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने जनता समाजवादी पार्टी जसपा नेपालले १ लाख २९ हजार ६ सय ३३ मत ल्याउँदै छैठौँ नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...