एमालेका तारा लामाभन्दा बिना मगर दोब्बर मतले पछि



हाम्रो इकोनोमि

 

अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्री उम्मेदवार मगर दोब्बर मतले पछि परेकी हुन् ।

१५,७६३ मत गणना हुँदा सम्म एमालेका तामाङले ८०६८ मत पाएका छन् । माओवादीकी मगरको ४३६२ मत छ ।

अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् । बिनाले ३९ हजार २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए । अहिले उनका अघिल्लो पटकका प्रतिस्पर्धी सहयात्री भएर गठबन्धनमा उत्रिएका छन् भने अघिल्लो पटकको गठबन्धनको सहयात्री भएका तामाङ अहिले प्रतिस्पर्धी भएर मगरसँग जुधिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...