देशभर मतगणना जारी : कुन क्षेत्रमा कसको अग्रता ? (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

आइतबार भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रतिनिधि सभातर्फ सोमबार ३ बजेसम्ममा नेकपा एमाले अगाडि देखिएको छ । एमालेले हालसम्म झापा २, धनुषा ३, ललितपुर १, ललितपुर २, ललितपुर ३, काठमाडौं ३, काठमाडौं ९, बाँके ३, दाङ ३, बारा १, दैलेख १ र चितवन २ गरी १२ स्थानमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले भक्तपुर २, काठमाडौं १, काठमाडौं ४, चितवन १, मकवानपुर १, काठमाडौं १० र सुर्खेत २ गरेर सात स्थानमा अगाडि छ । कांग्रेसले मुस्ताङबाट जितको पहिलो खाता खोलिसकेको छ । कांग्रेस उम्मेदवार योगेश गौचनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन हराएर कांग्रेसबाट जितको खाता खोले ।

यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यही निर्वाचनबाट उदय हुने देखिएको छ । हालसम्म झापा ४, काठमाडौं ६, काठमाडौं ७, काठमाडौं ८ र कास्की २ गरेर पाँच स्थानमा अग्रता लिएको छ।

माओवादी केन्द्र सर्लाही ३, नेकपा एस धादिङ जनमत पार्टी सप्तरी १ र सप्तरी २, राप्रपाले भक्तपुर १ र झापा ३, नागरिक उन्मुक्तिले कैलाली १, लोसपाले रुपन्देही ४ मा अग्रता लिएको छ । हालै मात्रै दर्ता गरेर चुनावमा होमिएको लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले ५ केन्द्रमा अग्रता कायमै राख्दा माओवादी र नेकपा एस कमजोर देखिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...