देशभर मतगणना जारी : कुन क्षेत्रमा कसको अग्रता ? (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

आइतबार भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रतिनिधि सभातर्फ सोमबार ३ बजेसम्ममा नेकपा एमाले अगाडि देखिएको छ । एमालेले हालसम्म झापा २, धनुषा ३, ललितपुर १, ललितपुर २, ललितपुर ३, काठमाडौं ३, काठमाडौं ९, बाँके ३, दाङ ३, बारा १, दैलेख १ र चितवन २ गरी १२ स्थानमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले भक्तपुर २, काठमाडौं १, काठमाडौं ४, चितवन १, मकवानपुर १, काठमाडौं १० र सुर्खेत २ गरेर सात स्थानमा अगाडि छ । कांग्रेसले मुस्ताङबाट जितको पहिलो खाता खोलिसकेको छ । कांग्रेस उम्मेदवार योगेश गौचनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन हराएर कांग्रेसबाट जितको खाता खोले ।

यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यही निर्वाचनबाट उदय हुने देखिएको छ । हालसम्म झापा ४, काठमाडौं ६, काठमाडौं ७, काठमाडौं ८ र कास्की २ गरेर पाँच स्थानमा अग्रता लिएको छ।

माओवादी केन्द्र सर्लाही ३, नेकपा एस धादिङ जनमत पार्टी सप्तरी १ र सप्तरी २, राप्रपाले भक्तपुर १ र झापा ३, नागरिक उन्मुक्तिले कैलाली १, लोसपाले रुपन्देही ४ मा अग्रता लिएको छ । हालै मात्रै दर्ता गरेर चुनावमा होमिएको लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले ५ केन्द्रमा अग्रता कायमै राख्दा माओवादी र नेकपा एस कमजोर देखिएको छ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...