जग्गा व्यावासायी धनेन्द्रबाट धेरैको विल्लीबाँठ



हाम्रो इकोनोमि

 

 

 

यहीमंसिर ४ गते हुनलागेको प्रदेश सभाको निर्वाचनमा गुल्मी १ (ख) मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनेन्द्र कार्कीले विगतमा धेरै जनालाई विल्लीबाँठ गरेको आरोप लागेको छ ।

एक जना पीडितको भनाइ छ, कसैलाई जग्गा दिन्छु, कसैलाई श्री डिस्टिलरी उद्योगमा शेयर र डिलरसिप दिन्छु भन्दै डिस्टिलरीको खातामा पैसा जम्मागर्न लगाउने गर्छन । न जग्गा दिन्छन न त शेयर एवं डिलरसिप नै दिने गरेका छन् ।’जग्गा र डिलरसिपको रकम माग्न जाँदा गुण्डा लगाएर धम्क्याउने गरेको पनि पीडितहरुको गुनासो छ । कतिपयको जग्गामा व्यवसायिक खेतीगर्ने भन्दै लिजमा लिएर हजम पार्ने र जग्गा बेच्दा नक्कली कित्ता नम्बर भिडाउने जस्ता काम पनि उनले गरेको आरोप लागेको छ ।

अर्का एक जना पीडित भन्छन, ‘उहाँले अर्काको सम्पत्तिआफ्नो पार्न सुरुमा अनेक नाटक गर्नुहुन्छ तर सम्पत्ति हात पारिसकेपछि धाकधम्की समेत दिनुहुन्छ ।’ कार्कीको यस्तो शैलीबाट आफन्त, नातागोता मात्र नभएर काँग्रेसका धेरै कार्यकता पीडित भएको बताइन्छ । यसैगरी केही धनाढय व्यक्तिहरु समेत कार्कीबाट पीडित भएका छन् । उनको यस्तो व्यवहारबाट दिक्क भएका पीडितहरुले प्रहरी कार्यालयमा समेत उजुरी गरेको बताइन्छ ।

कार्कीले २०७४ सालमा गुल्मी क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वारी दिएका थिएन तर उनी नेकपा एमालेका उम्मेद्वार कमल श्रेष्ठसंग पराजि तभएका थिए । हाल कीर्तिपुरको ट्याङ्लाफाँटामा बस्दै आएका कार्कीको रहनसहन देख्ने जोकोहीले उनको हैसियत अनुमान गर्छन ।उनले राजश्व छल्न आफु र आफ्नो परिवारले चढ्ने गाडी समेत अर्काको नाममा दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...