नागरिकताबिहीन नेपाली नागरिकले नागरिकता पाउँछन् : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका छन् । बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकताबिहीन नेपाली नागरिकलाई नागरिकता दिने अभियान सुरु गर्ने बताएका हुन् ।

उनले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन दिए । अध्यक्ष ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताए । त्यस्तै उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाए । गच्छदार यसपटक चुनाव जितेर गएपनि संसद्‌ भवन छिर्न नपाउने भन्दै ओलीले आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गरे ।

गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेको र निलम्वित व्यक्ति भएकाले उनको प्रतिस्पर्धी एमालेकी उम्मेदवार भगवती चौधरीलाई जिताउन ओलीले आग्रह समेत गरे । सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ । अध्यक्ष ओलीले कांग्रेसले चुनावी घोषणापत्रमा अरु कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिए । उनले एमाले बाहेक अरु दलहरुले देश हाँक्न नसक्ने भन्दै एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...

बागमती सरकारबाट बाहिरिने एमालेको तयारी

    बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको...