प्रचण्डले गोरखामा गुन्डा पठाएर मान्छे कुट्न लगाए : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत देखिएको बताउनुभएको छ । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गुन्डा पठाएर मान्छे कुट्न लगाएको आरोप लगाउनुभयो ।

उहाँले प्रचण्डलाई लक्षित गर्दै भन्नुभयो,‘मैले माडीमा आउँदा भनेको थिए मणि बनाउनतिर जान्छु भनेर । मैले राम र लक्ष्मण जन्मिएको ठाउँमा राम लक्ष्मणहरू बसेको र राज गरेको ठाउँमा बचपन हुँदा खेलेका होलान्। त्यो ठाउँमा राम जन्मभूमि ल्याउँदा यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए।’

उहाँले एमालेसँग दुस्मनी साँधे आफैँ सकिने पनि बताउनुभयो । ‘सीता राम, लक्ष्मणहरूसँग पनि दुस्मनी गर्ने पनि सकिन्छन्। अहिले उकालोतिर लागेका छन्’ ओलीले थप्नुभयो, ‘गोरखामा पनि हालत के रहेछ भनेर थाहा पाइसक्यौँ। मान्छे कुट्न थाले। खाना खाइरहेको ठाउँमा गुन्डा पठाएर बोतलै बोतलै हानेर टाउको फुटाउनतिर लागे।’ ओलीले प्रतिगमन गर्यो भनेर लोकतन्त्रको रक्षा गर्न आएका भन्नेहरूले बियरको बोतल बोकेर अर्काको टाउकोमा हान्न लगाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...