भ्रष्टचार, अत्याचार, नाताबाद र कृपाबादको अन्त्यका लागि उम्मेदवारी दिएको हेमविक्रम सिलवालको दावी



हाम्रो इकोनोमि

 

 

काठमाण्डौं । हेमविक्रम सिलवालले निर्वाचन क्षेत्र नं २ काठमाडौंबाट प्रतिनिधि सभा सदस्यमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । देशमा मौलाएको भ्रष्टचार, कुशासन, नातावाद कृपावाद र राष्ट्रघाती शासानको अन्त्य हुनुपर्छ भन्दै अभियान नै चलाएर आवाज उठाउदै आएका छन् । यी नै शालिन स्वभाव र स्वच्छ व्यक्तित्व छवि भएका हेमविक्रम सिलवालले अबको निर्वाचनबाट सांसद भएर देश र जनताको सेवा गर्ने सुनौलो सपना बोकेका छन् ।

यी सपनालाई साकार पार्न अहिले उनी जनतासँगको भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । नेपाली काँग्रेस वीपी र नागरिक समाजको साझा स्वतन्त्र उम्मेदवारको कुरुवा चुनाव चिन्ह लिएर अहिले उनी भोट माग्नमा व्यस्त छन् । यो पटकको निर्वाचन २०७९ मा जनताले विश्वास गरेर प्रतिनिधि सभा सदस्य बनाएमा ३५०० सैयाको) वृद्धाश्रम निर्माण गर्ने प्रतिबद्धता समेत उहाले जनाउनु भएको छ । आफूले पाउने सम्पूर्ण सेवासुविधा, तलव भत्ता वापतको सम्पूर्ण रकम समेत बृद्धाश्रमलाई दिने उहाले उदघोष गर्नु भएको छ ।

नेपालमा बहुदल पुनःस्थापना भएको ३२ वर्ष हुदा समेत कुनै परिवर्तन नभएको उहाँले बताउनु भएको छ । यस अवधीमा अकण्टक राज गरेका ठूला दलले नातावाद कृपावाद, भ्रष्टाचार र राष्ट्रघात बाहेक गतिलो काम केही पनि नगरेको उहाँको दावी छ । कम्युनिष्टहरू निर्लज्ज ढङ्गले दलाल पूँजीपतिका भरिया नोकर भएको उहाँको आरोप छ । देउवाले काँग्रेस वी.पी., कृष्णप्रसाद, गणेशमानको सिद्धान्तलाई त्यागेर माओवादीको भरिया हुन चाहेको उनले आरोप लगाए ।

यस्तो निकृष्ट राजनीतिक परिस्थितिबाट देशलाई मुक्त गराउन आफूले स्वतन्त्र नागरिक समाज र नेपाली काँग्रेस वीपीको साझा उम्मेदवारको रुपमा निर्वाचन क्षेत्र न. २ काठमाडौँबाट चुनावमा सहभागीता जनाएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...