बलबहादुरले आश्वासन बाँड्न थालेपछि मतदाताले भने -‘हामीलाई चाहिदैन’



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा सदस्य सोलुखुम्बुका काँग्रेस उम्मेदवार बल बहादुर केसीले धेरै आश्वासन बाँड्न थालेपछि मतदाताले बीचैमा प्रश्न उठाएका छन् । सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ९ स्थित टावर डाँडामा बाम लोकतान्त्रिक गठबन्धनले गरेको चुनावी सभामा केसीले बोल्दा बोल्दै मतदाताले प्रश्न गरेका हुन् । चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले गोराखानीका बासिन्दाको लागि गोराखानी दिम्सेस कुनिखोप सडक खनिदिने आश्वासन दिएका थिए । ‘मलाई जिताउनुहोस् तपाईहरुले मलाई भोट दिएर जिताएमा गोराखानी, मानेखोप, दिम्सेस हुँदै कुनिखोपको सडक खन्नेछौं ।’उनले यत्ति भन्नसाथ कार्यक्रममा उपस्थित भएका मतदाताले भनेका थिए ‘हामीलाई चाहिदैन, अहिलेकै सडकलाई स्तरोन्नति गरेर हिउँद बर्खा चल्ने बनाई दिए पुग्छ ।’

त्यसपछि केसीले भने ‘के यो सडक चाहिदैन त ?’ मतदाताले भने विगतमा पनि यस्तै आश्वासन दिलाएको तर ४ पटक सांसद हुँदा पनि आफूहरुको लागि केही नगरेको बताएका थिए । त्यसपछि केसी कार्यक्रम सम्पन्न नहुँदै त्यहाँबाट हिडेका थिए । कार्यक्रम सम्पन्न नहुँदै हिडेपछि कतिपय सहभागीले भने मतदाताको प्रश्नको बर्षा थेग्न नसकेर कार्यक्रम नै छोडेर भागेको हुनसक्ने बताएका थिए ।

बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुले भने सोही दिन बलबहादुर केसीको कांगेलमा समेत कार्यक्रम भएकाले कार्यक्रम नसकी गएको बताएका छन् । मतदाताले भने सल्लेरी जाने सडकलाई कालोपत्रे वा स्तरोन्नति गर्न माग गरेका थिए । हाल गोराखानी – डाँडाखर्क- बालाथान -भित्ताखर्क – छुल्यामु सडकको ट्र्याक ओपन भएपनि हिउँदको समयमा मात्र सडक सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...