प्रदीप पौडेलले सुकुम्बासी बनेर सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा



हाम्रो इकोनोमि

 

 

 

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको छ । तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको जग्गा प्रदीप पौडेलले आफ्नो सहोदर बाबु डिल्लीरमण पौडेलको नाममा दर्ता गरेको तथ्य सार्वजनिक भएको हो । साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ गणपति बजार नजिकै पर्ने हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित नक्सा नम्बर ३ ‘ख’ को कित्ता नम्बर १३९१ को एक रोपनी जग्गा प्रदीपले बाबुका नाममा दर्ता गराएका हुन् । प्रदीपले उदयराज गौलीको नेतृत्वमा २०५२ सालमा बनेको सकुम्बासी आयोगबाट घरनजिकैको यो जग्गा हड्पेका हुन् । २०४५ सालतिर नै यो सडक बनिसकेको थियो । तर, सडकको आसपासको जग्गा करोडौं पर्ने लोभले उनीहरुले सडक र वरपरको जग्गा २०५२ सालमा सुकुम्बासी आयोगबाट आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् । स्थानीय बासिन्दाका अनुसार, प्रदीपका बाबु शिक्षक थिए । उनीहरु सुकुम्बासी होइनन् । तर, काँग्रेसका नेता गौली सुकुम्बासी आयोगको अध्यक्ष भएका बेला उनीहरुले सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् ।

प्रदीप र उनका बाबु यस्तै बदमासीका कारण तनहुँमा बदनाम छन् । प्रदीप २०७४ सालको निर्वाचनमा माओवादीकी सामान्य नेता आशा कोइरालासँग प्रदेश सभामा पराजित भएका थिए । २०७९ सालमा पनि प्रदीप चुनाव लड्न चाहन्थे । तर, प्रदीपको छवि तनहुँमा राम्रो नभएका कारण काँग्रेसले तनहुँ क्षेत्र नम्बर २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाएको छ । जबकी शंकर तनहुँ क्षेत्र नम्बर १ का नेता हुन् । तनहुँमा टिकट नै नपाएपछि प्रदीप यतिबेला उछिट्टिएर काठमाडौं क्षेत्र नम्बर ५ मा आइपुगेका छन् । काँग्रेसका प्रभावशाली डा. प्रकाशशरण महत समेत चुनाव लड्न डराएर समानुपातिकमा बसेका बेला प्रदीपका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव जित्ने कुनै सम्भावना नै नभएको बताइन्छ । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रदीपले बनाएको घरको बारेमा समेत प्रश्न उठेको छ । अहिलेसम्म कुनै पनि लाभको पदमा नबसेका र कुनै रोजगारी पनि नगरेका प्रदीपले काठमाडौंमा बनाएको घर र सम्पत्तिका बारेमा स्वयम् तनहुँका निवर्तमान श्रममन्त्री एवं तनहुँका नेता किसान श्रेष्ठले पत्रकार सम्मेलनले नै गरेर प्रश्न उठाएका थिए ।

प्रदीपले चर्चा चर्का चुनावी नारा लगाए पनि उनको विगत त्यति राम्रो छैन् । मानव तस्करीमा रहेका कास्कीका एक जना व्यक्तिको मुख्य सहयोगी भएका कारण प्रदीपलाई २० घण्टा थुनामा राखेर जापानको अध्यागमनले २०७४ असोज १ गते प्रदीपलाई नेपाल डिपोर्ट गरिदिएको थियो ।

प्रदीप पौडेलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई अंगभंग हुने गरी कुटपिट समेत भएको थियो । प्रदीप उम्मेदवार भएपछि चलाउनेले ट्वीट गर्दै गुण्डाको संरक्षण, अपराधको राजनीतिकरण गर्नमा माहिर प्रदीप पौडेलले सदाचारको पाठ कसरी पढाउन सकेको भनेर प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...