काठमाडौं क्षेत्र नम्बर ५ एमालेले जित्ने गुप्तचर विभागको रिपोर्ट



हाम्रो इकोनोमि

 

 

नेपालको सरकारी गुप्तचर निकायको रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभागले काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जित्ने गोप्य रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्रिय अनुसन्धान विभागले गोप्य रुपमा गरेको अनुसन्धानका क्रममा काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जित्ने देखिएको गुप्तचर विभागले प्रक्षेपण गरेको छ ।
चुनावी नतिजामा पोखरेलले चुनाव जित्ने र काँग्रेसका प्रदीप पौडेल दोस्रो हुने विभागको रिपोर्टमा उल्लेख छ । मतदातामा देखिएको प्रभाव र चुनावी वातावरण पोखरेलको पक्षमा रहेको राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका चार वटा तथा टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका ११ वटा वडा गरी जम्मा १५ वटा वडा छन् । गत स्थानीय निर्वाचनमा नेकपा एमाले एक्लैले ११ वटा वडामा अध्यक्ष जितेको छ भने अन्य वडामा अध्यक्ष बाहेक सदस्यहरु जितेको छ । स्थानीय तहको चुनावलाई आधार मान्ने हो भने पनि काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले निकै बलियो छ ।
यसो त एमालेका पोखरेल यो क्षेत्रका बासिन्दा र लामो समयदेखि यस क्षेत्रमा भिजेका नेता हुन् । पोखरेलले यस क्षेत्रको विकासको नेतृत्व लिँदै राष्ट्रिय राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । अघिल्लो निर्वाचनमा काँग्रेसका उम्मेदवार डा. रामशरण महत उम्मेदवार बनेका थिए । तर, उनी यसपालि पोखरेलसँग लड्न चाहेनन् । बरु, समानुपातिकमा सुरक्षित रहन चाहे ।

तनहुँमा टिकट नपाएपछि काँग्रेसले प्रदीप पौडेललाई तनहुँबाट ल्याएर उम्मेदवार बनाएको छ । तनहुँमा यस अघि माओवादीकी सामान्य नेतु आशा कोइरालासँग हारेका प्रदीप पौडेललाई काठमाडौं क्षेत्र नम्बर ५ को भूगोल नितान्त नयाँ हो । यसैगरी, काँग्रेसभित्रको आन्तरिक लडाईंले पनि उनलाई निकै अप्ठेरो छ । काँग्रेस भित्रको लडाईंले गर्दा उनले तनहुँकै युवाहरु र नेविसंघका कार्यकर्तामात्रै लिएर घरदैलो गर्न बाध्य भएका छन् । यसो त काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्रबाट दुई दर्जन उम्मेदवार बनेका छन् । तर, ७१ हजार मतमध्ये उनीहरुले एक हजार मत पनि नकटाउने प्रपेक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...

बागमती सरकारबाट बाहिरिने एमालेको तयारी

    बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको...