बूढानीलकण्ठ १३ वडाको चुनिखेलमा राजन भट्टराईको भव्य स्वागत



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बूढानीलकण्ठ १३ वडा पार्टी कमिटीद्वारा आयोजित  घरदैलो कार्यक्रममा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र ४(२) प्रदेशसभा सदस्यका उम्मेद्वार जयराम थापाको स्वागतमा चुनिखेलका चोक, भित्रि सडक र गल्लीहरु सजाईएको छ ।

उम्मेद्वारद्वय डा. भट्टराई र थापा चुनिखेलवासीको घरदैलोमा पुग्दा जनताले अपार माया, उत्साह र सहभागिता जनाएका थिए । स्थानीयवासीको साथले उत्साहित बनेका डा. राजन भट्टराईले चुनिखेलले आगामी निर्वाचनमा ऐतिहासिक भूमिका निर्वाह गर्ने दावी समेत गरेका छन् ।

घरदैलो अभियानमा बूढानीलकण्ठ १३ का स्थानीयहरुको न्यानो स्वागत र सक्रिय सहभागिता रहेकोले आगामी मंसिर ४ को निर्वाचनमा चुनिखेलवासीले नेकपा एमालेलाई ठूलो मतान्तरले लिड गराउने नेकपा एमाले बूढानीलकण्ठ सचिव एवम् पूर्व वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...