कृष्णगोपालको वाचा : ७० योजना सम्पन्न गरे , अझै दर्जनौ गर्नुछ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको काठमाडौं क्षेत्र नं.९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ५ वर्षे कार्यकालमा ७० वटा योजना सम्पन्न गर्नुभएको छ । मतदाताको लोकप्रिय नेता श्रेष्ठ अघिल्लो कार्यकालमा सो क्षेत्रका जनताको चाहना अनुसारका योजना सम्पन्न गर्नुभएको छ । पाच वर्षे कार्यकालमा उहाले घोषणा गर्नुभएको घरघरमा धारा सबैका लागि पानी भन्ने नारा लगभग पूरा भएको छ । बलम्बु र चन्द्रागिरी नगरपालिकाका दुई वडा जोड्ने बेलीब्रिज पुल निर्माण सम्पन्न भएको छ । गणेशमान पोलिटेक्निकलन इन्ष्टिच्युट सञ्चालन भएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं.१५ तिनथानाबाट कीर्तिपुर जोड्ने पुल निर्माण सम्पन्न भएको छ । पुल बनेपछि किर्तिपुर र चन्दा्रगिरी नगरपालिकाकोृ साइनो जोडिएको छ । उम्मेदवार श्रेष्ठले आफ्नो कार्यकालयमा करोडौ रुपियाको योजना ल्याएर काम गर्न सफल भएके बताउनुभयो । भन्नुभयो–‘केही अधुरा काम गर्न बाकी छन् , नयाँ कार्यकालमा पुरा गर्नेछु–उहाँको भनाई थियो । मतदाताको अगाध माया र अपुरो योजना पुरा गर्ने चाहना अनुसार आफुले उम्मेदवारी दिएको बताउदै भन्नुभयो–म मेरो क्षेत्रको मतदाताको लागि सधै खटिरहेको छु । खटिने वाचा गर्दछु । उहाको कार्यकालमा नैकापमा भिरादिल काइके साकुरा पार्क , दहचोकमा कालुपाण्डेको समाधिस्थलमा उहाँको शालिक र भ्यु टावर सहित पुर्वाधार विकास, भुगोलपार्क सुधार तथा शौन्दर्यीकरण, कृष्णप्रणामी सामुदायीक भवन, दब्बुटोल र नयावस्तीका सडकहरु कालोपत्रे, बलम्बुमाबिमा ब्लक र ढुंगा छापे काम सम्पन्न भएको छ ।

ओमशान्ति आश्रमको शिवालय , नैकापको विष्णुदेवी मन्दीरमा पुर्वाधार निर्माण, बल्खुखोला संरक्षण, विमिरे खानेपानी, कल्लावारी , टिपिकल , भीरकोट, संकटागाउँ , थाप्ले , खड्कागाउँ , भाल्टार विमिरे पानीघाट कल्लावारी , वैरेनीटोल ,लगायत दर्जनौ खानेपानी योजना सम्पन्न भैसकेको छ । अझै दर्जनौ योजना तयार गरेको छु । तपाईको मतले सबै योजना पुरा गर्नेछु– उम्मेदवार श्रेष्ठको भनाई छ । भिरकोट, गणेशमान सिंह र मदन भण्डारी पार्क सीतापाईलादेखि रामकोट जोड्ने पुल, पक्वहिटी, कृष्णमन्दीर, करिब एकदर्जन खानेपानी योजना सम्पन्न भएका छन् ।

त्यस्तै स्युचाटारमा कभर्ड हल, लक्ष्मण खड्काको घरबाट शेरे खोल्चा जोड्ने सडक, राजकुलो बाटोढलान र राजकुलोमार्गको स्तरीकरण भएको छ । पुर्वमन्त्री समेत रहनुभएका श्रेष्ठको पाच वर्षे कार्यकालमा तकुवहाकल भगवती मन्दिर, पक्वहिटी मगरगाउँ कुमारी मन्दिर , कुलेश्वर सामुदायिक किरियापुत्री भवन , ईभाननी इनार÷ पक्सिङ्खा इनार रिचार्जेवल सहित पुनःनिर्माण,नेपाल आदर्श माविको हल , रक्नेढुंगा सम्पदावस्ती संरक्षण , रामेश्वर मन्दिर पुननिर्माण भएका छन् । ती मध्य कति काम सम्पन्न भैसकेका छन् । हामीले तय गरेको योजना मध्य अधिकांस सफल भएको छ । केही योजना पाइपलाईनमा छन् ।

शहरी विकास, शिक्षा, विज्ञान तथा प्रबिधि, स्वास्थ्य, श्रम तथा रोजगार युवा तथा खेलकुद मन्त्री भैसक्नुभएका उम्मेदवार श्रेष्ठले सांसद रहदा जनताको दुःखसुख, बुभ्mदै घरदैलोमा पुगेको कारण आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो । श्रेष्ठको कार्यकालमा नागार्जुन खेलमैदान निर्माण तथा सुधार, माथिल्लो सोतीगाउँ समाधिस्थल जाने सडक स्त्तरउन्नती , रामेश्वर मन्दिर निर्माण ,वासुकीदह वल्खुखोला पार्क ,कृष्ण मन्दिर पुनर्निर्माण ,नवयुग विद्यालयको कक्षाकोठाको पूर्वाधार निर्माण ,गोकुलपाटी देखि घारीसम्मको सडक निर्माण योजना सम्पन्न भएको छ ।

सिद्धेश्वर मन्दिरबाट हाकेको चौतारोसम्मको सडक निर्माण ,वैरेनीटोल खानेपानी आयोजना , सेतोघरदेखि चौराह घारासम्मको सडक स्त्तरोन्नती लक्ष्मण खड्काको घरबाट शेरेखोल्चा जोड्ने सडक स्तरोन्नती, राजकुलो बाटो स्युचाटार ,पञ्चकन्या स्कुल नजिकै सामुदायिक भवन निर्माण विष्णुदेवी मन्दिर परिसरमा पूर्वाधार निर्माण सुधार र वल्खुखोला संरक्षण कार्य वन्थोकटोलमा ब्लक छपाई, वासुकीदह वल्खुखोलामा पार्क निर्माण लगायतका योजना सम्पन्न भएको छ । आफ्नो क्षेत्रको घरदैलो कार्यक्तममा व्यवस्त उम्मेदवार श्रेष्ठले जनताको दरिलो साथ रहेकोले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...