जनताको घरदैलोमा मत माग्दै तेज प्रसाद ढकाल



हाम्रो इकोनोमि

 

 

मंगसिर ४ गते हुने प्रदेस सभा सदस्यको निर्वाचन आउन केहि दिन मात्र बाँकी रहेको अवस्थामा उम्मेदवारहरु महत माग्न जनताको घरदैलोमा पुग्ने क्रम निकै तीव्र बनेको छ। देशको नीतिनिर्माणको तहमा पुग्ने कसरतमा रहेका उम्मेदवारहरुले निर्वाचन प्रचारको दौरानमा विभिन्न फरक शैली र तरिकाहरु अपनाएका छन जसको चर्चा सामाजिक संजाल र संचार माध्यममा हुने गरेको छ ।

निर्वाचनमा उम्मेदवार भएकाहरु अहिले झन्डा ,ब्यानर सहितका सवारी साधनमा क्षेत्र घुमिरहेका छन भने गीत संगीत सहितका सवारीहरु पनि चोक चोकमा भेटिने गरेका छन। यस पटक नेकपा एमालेको तर्फबाट काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा उम्मेदवार बनेका तेज प्रसाद ढकाले भने फरक र सादगीपूर्ण शैली अपनाएका छन ।

निर्वाचनमा उम्मेदवार बने संगै सवारी प्रयोग गर्ने धेरैले सल्लाह दिएपनि क्षेत्रफलमा सानै रहेको निर्वाचन क्षेत्रमा पैदल वा साना सवारी साधन प्रयोग गर्ने गरेका उदै ढकालले अहिले सम्म कार्यकर्ता र शुभचिन्तकहरुको सहयोगमा यात्रा गरिरहेको बताए ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितको शौलिमा कार्यकर्ताहरुको सहयोगमा क्षेत्रका विभिन्न पुग्ने गरेका तेज प्रसाद ढकाल कार्तिक २२ गते साँझ चावहिल गणेशस्थानमा चन्द्र विनायक तथा भैरवनाथ जात्रामा सहभागी भएर पैदल फरिरहेको अवस्थामा भेटिए ।

 

 

रातको करिव ९ बजे  वडा नं ७ का अध्यक्ष दिपेन्द्र पुडासैनीको स्कुटीमा बसर निवास फर्कने तयारी गरेका नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका उपसचिव समेत रहेका ढकालले निर्वाचन प्रचारको दौरान केहि शारीरिक बाहेक अन्य कुनै पनि तनाव नरहेको धारणा समेत अभिव्यक्त गरेका छन।

बिना सुरक्षा दस्ता र व्यक्तिगत सचिवालय प्रत्यक्ष उपस्थित भएर सालिन तरिकामा चुनाव प्रचार गरिरहेका ढकाल काठमाण्डौ महानगरपालिका वडा नं ३० का वासिन्दा हुन।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...