चुनावी फण्डाबाट मतदाता प्रभावित हुनुहुँदैन : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् ।
सोमबार बिहान पोखरेल वडा नम्बर ४ का मतदातासँग मत मागिरहेका भेटिए । स्थानीयहरुले उनलाई सम्मानसहित भोट दिने प्रतिबद्वता व्यक्त गरिरहेका थिए । यस क्षेत्रका मतदाताहरु यसअघि पोखरेलले गरेका कामहरुबाट सन्तुष्ट रहेका पाइयो ।

बाँकी रहेका कामहरु पूरा गर्नका लागि पनि उनीहरुले पोखरेललाई स्मरण गराउँदै थिए । स्थानीय रामकुमार राजोपाध्यायले ईश्वर पोखरेललाई बाहेक अन्यलाई यसअघि पनि मत नदिएको र अब पनि ईश्वर पोखरेललाई नै दिने बताए । ‘आजसम्म उहाँलाई नै भोट हाल्दै आएको र यो पटक पनि उहाँलाई नै दिने हो’– उनले भने ।

स्थानीयले पोखरेललाई केही सुझाव पनि दिइरहेका थिए । ‘देश विकासको एजेण्डा बोकेको पार्टी एमाले मात्रै हो । यो कुरा सबैलाई थाहा भइसकेको छ । यो कुरा युवाहरुलाई पनि बुझाउनुपर्ने आवश्यकता छ । यहाँले जितरे आएपछि युवाहरुले विशेष कार्यक्रम ल्याएर अगाडि बढ्नुहोला, जीतको शुभकामना !’ एक स्थानीयले पोखरेललाई भने ।  पोखरेलले मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने वचनबद्वता व्यक्त गरे ।

अन्य उम्मेदवारहरुबाट यहाँका स्थानीयलाई खासै वास्ता छैन । ‘भोट माग्न त अरु पनि धेरै आउनुहुन्छ हुन्छ, हाल्छौँ भन्नुपरिहाल्यो । तर कसलाई हाल्ने भन्ने त हाम्रो इच्छा हो नि त ! हामी ९ जना परिवारका सदस्य छौँ । हामी सबैले ईश्वर सरलाई नै भोट हाल्ने निर्णय गरिसकेका छौँ,’– किराना पसल गरेर बसेका एक स्थानीयले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रहरुले सिर्जना गर्ने फण्डाबाट प्रभावित नहुन मतदाताहरुलाई आग्रह गरिरहेका थिए ।  कसले के भन्छ भन्दा पनि जनतासमक्ष कसरी चिनिएका छौँ भन्ने मुख्य कुरा भएको बताउँदै उनले भने– हामी जे हौँ जनता समक्ष खुलस्त छौँ । जनताको पक्षमा काम गर्न क्रियाशिल छौँ । यस्ता चुनावी फण्डाबाट जनता प्रभावित हुनुहुँदैन् ।’
आफ्नो एमालेको काम जनताले देखेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावमा जनताले कामका आधारमा मूल्यांकन गर्ने बताए । पोखरेलले आफू मात्रै नभई एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने काम आजसम्म नगरेको र अब पनि नगर्नेमा ढुक्क हुन मतदाताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...

बागमती सरकारबाट बाहिरिने एमालेको तयारी

    बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको...