प्रचण्डको संगतले देउवाको स्वभाव पनि उस्तै भएछ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूप्रति लक्षित गर्दै बोलेको विषयमाथि टिप्पणी गर्नुभएको छ । केही दिनअघि दार्चुला पुगेर अध्यक्ष ओलीले दिएको अभिव्यक्तिमाथि देउवाले गरेको टिप्पणीप्रति लक्षित गर्दै ओलीले ‘कठैबरा !’ भन्नुभएको हो ।

आज गण्डकी प्रदेशको पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘मैले दार्चुला गएर हाम्रो गुमेको भू–भाग फिर्ता ल्याउने भनेँ । त्यसको भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवाजीले मलाई जवाफ दिनुभयो, भाषण गरेर फिर्ता आउँछ ? कुरा गरेर फिर्ता आउँछ ? बन्दुक लिएर जानु फिर्ता आउँछ रे, म कठैबरा भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्री भए पनि कठैबरा किन भन्न पर्यो ?’

उहाँले तत्कालिन कांग्रेस सभापति मातृकाप्रसाद कोइरालाले चेकपोस्ट राखेपछिको घटना सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘नेपालको उत्तरमा नेपाली कांग्रेसका तत्कालिन सभापति मातृकाप्रसाद कोइरालाले १७ वटा भारतीय सैन्य चेकपोस्ट उत्तरमा लगेर राख्नुभयो । कृतिनिधि विष्टले यस्तो चेकपोस्ट राख्न हुँदैन्, हाम्रो स्वाधिनता, हाम्रो स्वतन्त्रता विपरित छ भनेर भन्दा भारतले चेकपोस्ट फिर्ता लग्यो।’

अध्यक्ष ओलीले बन्दुक लिएर विकास नहुने भन्दै प्रचण्डको संगतले यस्तो भएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी । बन्दुकले मान्छे मार्ने मात्रै हो, प्रचण्डको संगत गरेपछि के गर्ने भन्नुहोला। बन्दुकले केही गर्दैन, तर्क, तथ्य र सत्यले केही गर्छ।’

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...