भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर : विजय उत्सवको झल्को



हाम्रो इकोनोमि

 

 

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा भक्तपुर क्षेत्र नं. २ मा एमालेको पक्षमा व्यापक जनलहर आएको छ । एमाले क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले आइतवार साँझ सूर्यविनायक नगरपालिका वडा नं. ४ मा आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनसागर नै उर्लिएको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत तथा प्रदेशसभा ‘क’ सूर्यविनायक क्षेत्रका एमालेका उम्मेदवार किरण थापाको पक्षमा स्वतस्फुर्त रुपमा स्थानीयवासीले स्वागत गर्दै घरदैलो कार्यक्रममा सहभागिता जनाए ।

सयौंको संख्यामा रहेको घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्नो घरको अगाडी स्वागत गरेका थिए । सयौंको संख्यामा स्थानीयवासीले एमाले उम्मेदवार बस्नेत तथा थापालाई स्वागत गर्दै माला, खादा तथा अविर लगाई स्वागत गरे र अग्रिम विजयको श्ुभकामना व्यक्त गरे । उक्त क्रममा स्थानीयवासीको उत्साहलाई हेर्दा घरदैलो जस्तो नभई विजय उत्सव जस्तै बनेको थियो । माला तथा खादालाई संहालेर राख्न समेत नसक्ने गरी स्थानीयवासीले उम्मेदवारलाई स्वागत गरिएका थिए । घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले एमालेको जानवादी गीतहरु गाउँदै नाचगान समेत गरेका थिए । एमालेको उम्मेदवारलाई विजयको घोषणा गर्न मात्र बाँकी रहेको उल्लेख गर्दै सूर्यविनायक वडा नं. ४ का स्थानीयवासीले विजयको माला समेत तयार गरिसकेको बताए ।

स्वागत गर्नेमा एमालेका आस्थावान मात्र नभई गठबन्धन दलका सक्रिय कार्यकर्ता समेत रहेका थिए । उनीहरुले भक्तपुरको विकास र समृद्धिको लागि महेश बस्नेत र किरण थापाको विकल्प नभएकाले पार्टी भन्दा माथि उठी भक्तपुरको विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई विजयको शुभकामनासहित ठाउँ ठाउँमा स्वागत गरेको उल्लेख गरे । स्वागत गर्ने स्थानीयवासीले एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताए ।

उनीहरुले स्वागतका क्रममा ‘मंसिर ४ एमाले सरकार’, ‘महेश-किरण जिन्दावाद’, ‘भक्तपुरवासीले के भन्छन्, महेश-किरण ले भन्छन्’, ‘सूर्यमा छाप झ्याप झ्याप’ लगायतका उम्मेदवार बस्नेतको नेतृत्वमा भएका विकासका कार्यहरुलाई नारा लगाई भव्य रुपमा स्वागत गरेका थिए ।

स्वागतलाई ग्रहण गर्दै एमाले उम्मेदवार बस्नेत र थापाले जनताको स्वागत र आशिर्वादले विजयी निश्चित रुपमा हुने उल्लेख गर्दै जनताको चाहना शतप्रतिशत पुरा हुने विश्वास दिलाउनुभयो । जनताको एक मतले आफुहरुले पाँच वर्ष जनतालाई सेवा गर्ने उल्लेख गर्दै बस्नेत र थापाले जनमतबाट विजयी घोषणा भएपछि भक्तपुरको विकास र समृद्धिको ठूलो जनपक्षीय अभिभारको जिम्मेवारी एमाले र एमालेका जनप्रतिनिधिको काँधमा आउने र त्यसलाई सहर्स रुपमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा एमालेको केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा लगायतका जिल्ला तहका नेता तथा कार्यकर्ताको साथमा उत्साहजनक रुपमा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...