मेरो जीत सुनिश्चित छ : राजन भट्टराई



हाम्रो इकोनोमि

 

 

एमालेका उम्मेदवार राजन भट्टराई यसपटक आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् । उनले भने, ‘हामी मतदाताकहाँ विभिन्न ढंगबाट गइरहेका छौं । व्यक्तिगत र सामूहिक हिसाबले पनि काम भइरहेका छन् । जनप्रतिनिधि भएर जनताको सेवा गर्ने काम प्रमुख हुन्छ ।’ उनले आफूहरु पार्टीको नीति कार्यक्रमका आधारमा अघि बढ्ने प्रस्ट पारे । एमालेले जनतालाई नै प्राथमिकता दिएर काम गरिरहेको भट्टराईको भनाइ छ ।

उनले थपे, ‘संगठनात्मक र मत परिणामका हिसाबमा पनि हामी सुदृढ छौं । स्थानीय तहको निर्वाचन, हामीले गरेका काम र हिजो हामीलाई मत नदिएका साथीहरु भेट्दा पनि सकारात्मक सन्देश पाएका छौं । एमालेले १५ वर्षसम्म नजित्दा यो क्षेत्रको हविगत जनताले देखेका छन् ।’

 

स्थानीय तहकाे चुनावी अंकगणित

स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार एक्लाएक्लैमा यस क्षेत्रमा कांग्रेसभन्दा एमाले बलियो देखिन्छ । काठमाडौं ४ मा काठमाडौं महानगरका १, ७, ८ र ३० वडा तथा बुढानीलकन्ठ नगरपालिकाका १ र २ का साथै ८ देखि १३ नम्बर वडा पर्छन् । यो क्षेत्रमा कांग्रेसले तीनवटा वडाध्यक्षमात्रै जितेको छ ।

स्थानीय निर्वाचनको वडाध्यक्षको मतलाई हेर्दा एमालेको १६ हजार ५०७, कांग्रेस १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादीको ८४४ र जसपाको ३१७ मत रहेको छ । कांग्रेस, माओवादी र नेकपा एसको मत जोड्दा थापा अगाडि देखिन्छन् । सत्ता गठबन्धनको १९ हजार २१ मत रहेको छ भने एमाले-जसपाको १६ हजार ८२४ मत रहेको छ । यहाँ राप्रपाले ठाकुरमोहन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । युवा इञ्जिनियर आकर्षण पोखरेल, अर्जुन प्रसाईंसहित दर्जन बढीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

काठमाडौंमा स्थानीय तहको निर्वाचनमा ठूला दललाई पन्छाउँदै स्वतन्त्र बालेन शाहले बाजी मारेपछि स्वतन्त्र उम्मेदवारहरुले मत काट्नसक्ने आँकलन हुन थालेको छ । गठबन्धनका उम्मेदवार व्यक्तिगत मत तान्ने प्रयासमा छन् भने भट्टराई गठबन्धनमा असन्तुष्ट पक्षको मत तान्ने रणनीतिमा छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...