काठमाण्डौ महानगरपालिका ७ मा राजन भट्टराई र तेज ढकालको घरदैलो



हाम्रो इकोनोमि

 

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मतदाता रहेको वडा नं ७ को गणेशस्थानबाट सुरु भएको सो घरदैलो कार्यक्रम कार्तिक २० गते दिनभर चल्नेछ।

काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाहरु मध्ये सबैभन्दा धेरै १५,०४६ मतदाता रहेको वडा नं ७ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई ,प्रदेस सभा क्षेत्र नं १ का उम्मेदवार तेज प्रसाद ढकाल र प्रतिनिधि सभा तर्फ समानुपातिकमा सिफारिस भएका विदुर कार्की सहित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

डा.भट्टराईको गृह वडाका रुपमा रहेको सो वडाका विभिन्न स्थानमा पुग्दा वडावासीहरुबाट निकै न्यानो स्वागत पाएको जानकारी दिदै नेकपा एमाले वडा कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीले सो वडामा नेकपा एमालेले फराकिलो अन्तरले अग्रता लिने दावी समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...