काठमाण्डौ महानगरपालिका ७ मा राजन भट्टराई र तेज ढकालको घरदैलो



हाम्रो इकोनोमि

 

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मतदाता रहेको वडा नं ७ को गणेशस्थानबाट सुरु भएको सो घरदैलो कार्यक्रम कार्तिक २० गते दिनभर चल्नेछ।

काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाहरु मध्ये सबैभन्दा धेरै १५,०४६ मतदाता रहेको वडा नं ७ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई ,प्रदेस सभा क्षेत्र नं १ का उम्मेदवार तेज प्रसाद ढकाल र प्रतिनिधि सभा तर्फ समानुपातिकमा सिफारिस भएका विदुर कार्की सहित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

डा.भट्टराईको गृह वडाका रुपमा रहेको सो वडाका विभिन्न स्थानमा पुग्दा वडावासीहरुबाट निकै न्यानो स्वागत पाएको जानकारी दिदै नेकपा एमाले वडा कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीले सो वडामा नेकपा एमालेले फराकिलो अन्तरले अग्रता लिने दावी समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...