चितवनबासी जनताको रोजाईमा पाण्डे, यस्तो छ चुनाव जित्ने तथ्य



हाम्रो इकोनोमि

 

 

चितवनको क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेले पूर्व अर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले अर्थशास्त्री डा.विश्व पौडेललाई टिकट दिएको छ।  २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट विजयी भएका बेला पाण्डे अर्थमन्त्री पनि भएका थिए । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भए । दुबै निर्वाचनमा उनले नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई पराजित गरेर थिए ।

अहिले उनको प्रतिस्पर्धाका राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद छाडेर राजनीतिमा आएका डा.विश्वनाथ पौडेल उभिएका छन् । स्वतन्त्रबाट पनि नाम र ख्याताी कमाएका उम्मेदवार यहि क्षेत्रबाट चुनावी मैदानमा उत्रिएपछि पूर्वी चितवन समेटिएको क्षेत्र नं १ को निर्वाचनमा रोचक प्रतिष्पर्धा हुने भएको छ।  डा.पौडेल भूलोगले नचिनेको पहुँचका भरमा उम्मेदवार बनेका नेता हुन् भने पाण्डे वर्षौदेखि त्यहि क्षेत्रमा राजनीति गर्दै आएका र सबै मतदाताले पटक पटक पत्याएका जान पहिचानका नेता हुन् । चितवन बासीको मनमनमा बस्न सफल भएका पाण्डे अहिले उनीहरूको रोजाइका नेता बनेको  छन्।

आम मतदाता एमालेले उनलाई नै टिकट दिएर सो क्षेत्रमा पठाएको भूलोगले चिनेको नेतालाई चुन्ने मनस्थितिमा पुगेका छन् । उनीहरूले पाण्डेलाई जिताउने अभियान नै सुरु गर्ने भएका छन् ।

चुनावी दिन नजिकिदा समेत राजनीतिक नियुक्ति खाएर बसेका पौडेल जनताको माझ खासै भिज्न सकेका देखिदैन। आम नागरिकले चाहने भनेको आफ्नो क्षेत्रको विकास हो। ‘हामीहरूले केन्द्रको पहुँचलाई चिन्दैनौ,’ भूलोग चिन्ने उम्मेदवार हाम्रो रोजाइ हो, एक कांग्रेसी कार्यकर्ताले भने । बुर्लाकोटी सरलाई टिकट दिएको भए हामी उहाँलाई सहजै स्वीकाथ्र्याै, पहिचान नभएको मान्छेलाई भोट खसालेर भोलि आपत विपद पर्दा कसले साथ दिन्छ ।’

कांग्रेस राम्रो मान्छे उठाउन नसकेको र सबैका लोकप्रिय र जानपहिचानका नेता डा.पाण्डेलाई अत्यधिक मत दिएर विजय गराउने पक्षमा चितवन क्षेत्र १ का आम मतदाताको मत मिलेको छ ।  चुनाव प्रचार प्रसारको बेलामा समेत आम नागरिकबीच भोट माग्न जान नसकेका पौडेलले भोलि जितेर आएपछि यो ठाउँको विकास कसरी गर्छन र कस्ता एजेण्डा बनाउँछन,दुख सुखमा मतदातालाई कसरी ठाडस दिन्छन्? आम चितवन बासीले सोचिरहेको ती कांग्रेस सदस्यले बताए।

कांग्रेसले डा.पौडेललाई टिकट दिएपछि पाण्डेलाई विजय हात पार्न अझ सजिलो बनेको छ। २०७४ सालमा पाण्डेले ५१ हजार ८० मत ल्याउँदा बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका बीच तालमेल भएको थियो। यो निर्वाचन क्षेत्रमा चितवनका राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्छन्। यहाँ यसपालि १ लाख ३९ हजार ८४५ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...