सुरेन्द्र पाण्डेको विकासका कार्यक्रम : चालु आर्थिक वर्षमा मात्रै १० वटा पुल , ३० करोडको सडक निर्माण योजना



हाम्रो इकोनोमि

 

 

 

चितवनको निर्वाचन क्षेत्र नं. १ को राप्ती नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा पुल र सडकमा ४० करोड रुपियाँका योजनाहरु परेका छन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा राप्ती र खैरहनी नगरपालिकामा ठुला योजनाका काममा मात्रै ४० करोडका विकास निर्माणका कार्यक्रम परेको हो । सांसद निर्वाचित भएपछि हरेक वर्ष पूर्वी चितवनमा ठुलो आयोजनाहरु परेका छन् ।

चालु आर्थिक वर्षको बजेट अन्तर्गत परेका योजनाहरुमा सडकमा मात्रै ३० करोड रुपियाँको बजेट परेको छ । भण्डारा मलेखु सडकमा यो वर्ष २० करोड रुपियाँ बजेट विनियोजन भएको छ । हरेक वर्ष यो सडकका लागि बजेट वृद्धि गर्दै लगेको छ । वहुवर्षे योजना अन्तर्गत अहिलेको चालु आर्थिक वर्षमा बजेट पारेको हो । त्यस्तै गरी पूर्वी चितवनको स्यादुल खोलाबाट राप्ती नगरपालिका जोड्ने सडकमा ५ करोड रुपियाँ बजेट विनियोजना भएको छ । खैरहनी कठार हुदै राप्तीको वडा नं. ६ जोड्ने पर्सा सडकमा र भुवानी हरनरी टोलबाट भुइकुना जोड्ने सडकमा एक करोड रुपियाँ, राप्ती ६ आनन्दमार्ग जुवाखोला सडकमा ७५ लाख रुपियाँ, राप्ती ६ को परवारी गोठौली सडकमा एक करोड रुपियाँ, वुढी राप्ती महेन्द्र राजमार्ग जोड्ने सडकमा ५० लाख रुपियाँ, अन्य सडकखण्डमा पनि बजेट विनियोजन भएको छ ।
१० वटा पुलमा ९ करोड बजेट

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको पहलमा चालु आर्थिक वर्षमा मात्रै पहिलो चरणमा साना ठुला गरेर १० वटा पुल निर्माणमा ९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । योजना अन्तर्गत मुख्य गरी पम्फा खोलाको श्रीकोट वीरेन्द्रनगरमा २ करोड, राप्तीको ६ र १० वडा जोड्ने पहुवारीमा २ करोडको पुल, पम्फाबाट सुर्तनी जोड्नेमा २ करोडको पुल, ढुग्रेखोला कठार जोड्ने २ करोडको पुल, पम्फा खोला वीरेन्द्रनगर जोड्ने पुलमा एक करोड र पहुवारीमा २ करोडको पुल निर्माणको लागि बजेट परेको हो । यी संगै ५० लाख रुपियाँका अन्य साना पुलहरुको आयोजनाहरु रहेका छन् ।
चितवनको राप्ती नगरपालिकामा मात्रै ५५ करोड ५९ लाख रुपियाँ बजेटका योजनाहरु परेका छन् । आर्थिक वर्ष २०७९÷०८०को लागि राप्ती नगरपालिकाको विभिन्न विकास निर्माणमा ठुलो रकम परेको हो । पूर्वी चितवनमा साना खोलाहरु धेरै रहेकाले यहाँ पुल, तटवन्धन र सडक कालोपत्रे आवश्यकता रहेको उपाध्यक्ष पाण्डेले बताउनुभयो । पहिलो आवश्यकता भनेको सडक सञ्जाल, पुल, आवास सुरक्षित पार्नु रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...