देश र जनताको हितमा काम गर्ने एमाले मात्रै हो : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पोखरेलले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले कुनै पनि पार्टी राजनीतिक स्थायित्वका लागि उभिन नसकेको भन्दै राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि एमालेलाई आगामी निर्वाचनमा जिताउन आवश्यक रहेको बताएका छन् । छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरु कुनै पार्टीले दृढ अडान लिन नसकेको जिकिर पोखरेलको छ ।

त्यस्तै उनले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको बताए । नेता पोखरेलले अंगीकृत नागरिकताको सन्दर्भमा सर्तकता अपनाउनुपर्ने भन्दै ठीक ढंगबाट अडान लिन नसके देशको स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्नसक्ने उल्लेख गरे ।

उनले चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलंकीदेखि धोबीखोलासम्म पुर्याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तीव्रता दिने पोखरेलले प्रतिबद्धता जनाएका छन् । नेता पोखरेलले स्थानीय निर्वाचनमा जारी एमालेको घोषणापत्र र प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधहरूलाई विशेष सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...