गिरिजाप्रसाद कोइराला हाम्रा अभिभावक थिए : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजाप्रसाद कोइराला नभएको अवस्थामा कांग्रेसजनले प्रचण्डको महत्व बुझ्नुपर्ने बताएका छन् । गठबन्धनका उम्मेदवारहरूको उपस्थितिमा गोरखा-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेको विषयलाई सबैले बुझ्नुपर्ने बताए ।

कांग्रेस कार्यकर्ताप्रति संकेत गर्दै उनले भने, ‘यहाँ तपाईँहरूले बुझ्नुपर्ने हुन्छ मैले र गिरिजाबाबुले शान्ति प्रक्रियालाई सम्झौतामार्फत स्थापित गर्‍यौँ । गिरिजाबाबुलाई मैले राष्ट्रिय अभिभावकको सम्मान दिएँ । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एउटा पक्ष प्रचण्डलाई उहाँ मृत्यु शय्यामा पुगेका बेला तपाईँ हुनुहुन्छ म ढुक्क छु भन्ने ठाउँमा पुर्‍याएको कुरालाई गिरिजाबाबुको गल्ती कमजोरी भन्न सक्नुहुन्छ ? प्रचण्डको गल्ती कमजोरी भन्न सक्नुहुन्छ ? सबै सचेत साथीहरूले विशेषरूपमा विचार गर्नुस् ।

गोरखा २ बाट उम्मेदवार बनेका प्रचण्डले कांग्रेस कार्यकर्तालाई विगतका तीतामीठा बिर्सेर ऐतिहासिक भूमिका खेल्न आग्रह गरे । उनले माओवादी जनयुद्धका क्रममा पीडा भोगेका गोरखाका कांग्रेस कार्यकर्ता र तीनका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन आफू तयार रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...