दोलखा कांग्रेसको पालिकाका सचिव र वडासभापतिसहित सिंगो कमिटी नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि दोलखा कांग्रेसमा पहिरो जाने क्रम झनै बढेर गएको छ । कांग्रेस प्रचण्डपथमा हिडेपछि जिल्लाका अधिकांश लोकतन्त्रवादी नेता तथा कार्यकर्ताहरु धमाधम नेकपा एमालेमा प्रवेश गर्न थालेका छन ।

यही क्रममा नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाका सचिव अर्जुन ओली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ भने गौरीशंकर ७ मार्बुको सिंगो कमिटी एमालेमा बिलय भएको छ । सो वडाका कांग्रेस सभापति फुरलाक्पा शेर्पाले बैठक गरेरै सम्पुर्ण कमिटी एमालेमा बिलय गराउनु भएको हो । अव मार्बुमा नेपाली कांग्रेसका सवै कार्यकर्ता एमालेमा समाहित हुनुभएको छ । गठबन्धनका उम्मेदवार मार्बु पुगेको दोस्रो दिन नै कांग्रेसको बैठक बसेर नेकपा एमालेमा समाहित हुने निर्णय गरेको हो ।

बुधवार सदरमुकाम चरिकोटमा बैठक बसेर वडाका सवै पदाधिकारी तथा सदस्यहरु एमालेमा समाहित हुने निर्णय लिएपछि आज एमाले प्रवेश गर्नुभएको हो । गौरीशंकरमा लामो समयदेखि नेपाली कांग्रेस निर्माणमा लाग्नुभएकोे सचिव अर्जुन ओली र वडा नं ७ का सभापति शेर्पासहित सवै पदाधिकारी एमालेमा प्रवेश गरेसँगै सो क्षेत्रमा कांग्रेस लगभग सून्यमा पुगेको छ ।

कांग्रेस छाडेर एमालेमा समाहित हुनुभएका नेता कार्यकर्तालाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला इञ्चार्ज केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खडका, प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, जिल्ला अध्यक्ष तथा प्रदेशसभा क का उम्मेदवार नरबहादुर श्रेष्ठसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

गौरीशंकर ५ का पूर्वसभापति तथा हालका पालिका सचिव ओली र वडा नम्बर ७ कमिटी एमालेमा बिलय भएपछि सो वडामा नेकपा एमाले निकै बलियो बनेको छ । एमालेमा समाहित भएका नेताहरुले अव गौरीशंकर मात्रै नभएर आफूहरुले जिल्लाभर कांग्रेसका सवै इमान्दार तथा प्रभावशाली नेता कार्यकर्ता एमालेमा भित्र्याएर समृद्ध दोलखा निर्माणको अभियानलाई सफल पार्ने अठोट गर्नुभएको छ ।

जिल्लाभर आतंक मच्चाएको माओवादी र बजेटमा कमिशन खानेहरुलाई सच्चा दोलखालीले मतदान गर्न नसक्ने भएकोले एमाले उम्मेदवार जिताउने र समृद्ध दोलखा निर्माण अभियानलाई सघाउन आफूहरु एमालेमा समाहित भएको उहाँहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...