डोटीको विकास गर्नु नै मेरो मुख्य प्राथमिकता हो : प्रेम आले



हाम्रो इकोनोमि

 

 

नेकपा  एकीकृत समाजवादीका नेता तथा निर्वतमानमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले समग्र डोटी जिल्लाको विकास गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । आज सोमवार डोटीको सायल गाउँपालिकामा आयोजित मतदाता भेटघाटका क्रममा नेता आलेले नागरिकका लागि विकास अहिलेको आवश्यकता भएकाले आफ्नो मुख्य प्राथमिकता पनि समग्र डोटीको विकास रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘डोटीको विकासका लागि म राजनितीमा होमिएको छु, मैले जति सक्छु डोटीको विकास गर्छु ।’ भेटघाटकै क्रममा नेता आलेले राजनीतिसँगै डोटी सहित समग्र देशको विकासलाई अगाडि बढाउने जिकिर गर्नुभयो । ‘जनतालाई अहिले चाहिएको विकास हो, म विकासका लागि प्रतिबद्ध छु’ उहाँले थप भन्नुभयो ‘वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, विकास गर्ने मेरो जिम्मा ।’ सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको उहाँको भनाइ थियो ।

यसैगरी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट डोटी प्रदेश २ का उम्मेदवार तथा काग्रेस नेता नरेन्द्रबहादुर सिंहले डोटीलाई विकास गर्ने नेता आवश्यक परेकाले यसपटक गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले नै देशको विकास गर्ने हो, आम डोटीवासी जनताले गठबन्धनलाई मत हाल्ने र जिताउने छन् ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...