डोटीको विकास गर्नु नै मेरो मुख्य प्राथमिकता हो : प्रेम आले



हाम्रो इकोनोमि

 

 

नेकपा  एकीकृत समाजवादीका नेता तथा निर्वतमानमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले समग्र डोटी जिल्लाको विकास गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । आज सोमवार डोटीको सायल गाउँपालिकामा आयोजित मतदाता भेटघाटका क्रममा नेता आलेले नागरिकका लागि विकास अहिलेको आवश्यकता भएकाले आफ्नो मुख्य प्राथमिकता पनि समग्र डोटीको विकास रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘डोटीको विकासका लागि म राजनितीमा होमिएको छु, मैले जति सक्छु डोटीको विकास गर्छु ।’ भेटघाटकै क्रममा नेता आलेले राजनीतिसँगै डोटी सहित समग्र देशको विकासलाई अगाडि बढाउने जिकिर गर्नुभयो । ‘जनतालाई अहिले चाहिएको विकास हो, म विकासका लागि प्रतिबद्ध छु’ उहाँले थप भन्नुभयो ‘वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, विकास गर्ने मेरो जिम्मा ।’ सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको उहाँको भनाइ थियो ।

यसैगरी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट डोटी प्रदेश २ का उम्मेदवार तथा काग्रेस नेता नरेन्द्रबहादुर सिंहले डोटीलाई विकास गर्ने नेता आवश्यक परेकाले यसपटक गठबन्धनका साझा उमेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले नै देशको विकास गर्ने हो, आम डोटीवासी जनताले गठबन्धनलाई मत हाल्ने र जिताउने छन् ।’

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...