देशको ढुकुटीमा यो सरकारले लुटपाट मच्चायो : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताउनु भएको छ । झापामा आज आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुकी लुटेको तथ्य राख्नुभएको हो ।

अहिलेको सरकारदेखि विश्व नै लज्जित भएको भन्दै उहाँले गठबन्धनलाई कुनै लाज नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संसद्ले नभएर सेटिङमा बनेको सरकार, असंवैधानिक सरकार, परमादेशबाट बनेको नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकार बनेको छ । केही व्यक्ति बोलाएर अर्थमन्त्रीले करका दर हेरफेर गर्छ । देशको ढुकुटीमा योभन्दा ठुलो लुट अरू के हुन्छ ? यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’

उहाँले आफू नेतृत्वको एमाले सरकारले धेरै विकासका काम गरेको फेहरिस्त पनि सुनाउनु भयो । आफू नेतृत्वको सरकारले गरेका ठुला विकासका काम देखेर एमालेको सरकार ढालेको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै काम गर्यौं । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाका बन्द गरेपनि पेट्रोल आउँछ । हामीले तीन वर्षमा मेलम्चीको पानी काठमाडौं ल्यायौँ । तेस्रो अरुण जलविद्युतको सुरुवात गर्यौं । तामाकोसीबाट विद्युत उत्पादन गरेर लोडसेडिङको अन्त्य गर्यौं । मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढाल्यो ।’

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...