देशको ढुकुटीमा यो सरकारले लुटपाट मच्चायो : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताउनु भएको छ । झापामा आज आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुकी लुटेको तथ्य राख्नुभएको हो ।

अहिलेको सरकारदेखि विश्व नै लज्जित भएको भन्दै उहाँले गठबन्धनलाई कुनै लाज नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संसद्ले नभएर सेटिङमा बनेको सरकार, असंवैधानिक सरकार, परमादेशबाट बनेको नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकार बनेको छ । केही व्यक्ति बोलाएर अर्थमन्त्रीले करका दर हेरफेर गर्छ । देशको ढुकुटीमा योभन्दा ठुलो लुट अरू के हुन्छ ? यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’

उहाँले आफू नेतृत्वको एमाले सरकारले धेरै विकासका काम गरेको फेहरिस्त पनि सुनाउनु भयो । आफू नेतृत्वको सरकारले गरेका ठुला विकासका काम देखेर एमालेको सरकार ढालेको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै काम गर्यौं । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाका बन्द गरेपनि पेट्रोल आउँछ । हामीले तीन वर्षमा मेलम्चीको पानी काठमाडौं ल्यायौँ । तेस्रो अरुण जलविद्युतको सुरुवात गर्यौं । तामाकोसीबाट विद्युत उत्पादन गरेर लोडसेडिङको अन्त्य गर्यौं । मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढाल्यो ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...