खेतमै पुगेर किसानसँग भोट माग्दै सूर्य थापा



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दलका नेता र उम्मेदवाहरू प्रचारका लागि अनेक शैली अपनाउन थालेका छन् । मतदाताको घरदैलोदेखि बाली भित्र्याउन खेतमा व्यस्त किसानहरूसम्म उनीहरु पुग्ने गरेका छन् । प्युठानबाट उम्मेदवारी दिएका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले धान काटिरहेका किसानहरुसँग भोट माग्दै आफू किसानकै छोरो भएकाले जिताउन आग्रह गर्नुभयो । बाली भित्र्याउने समय भएकाले अधिकांश मतदाता (किसान) हरू गाउँमा भेटिँदैनन् ।

एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थापा मल्लरानी गाउँपालिका–३ सालठाँटीमा पुग्दा किसानहरु खेतमै व्यस्त थिए । धान काट्न व्यस्त किसानहरुसँग खेतमै पुगेर थापाले मत माग्नुभयो । थापाका अनुसार अहिले किसानहरु गाउँमा खेतीपातीमा व्यस्त छन् । प्युठानका नौवटा स्थानीय तहका ६४ वटा वडाहरुका गाउँबस्तीमा पुगेर मत माग्ने कार्यक्रमको व्यस्तताले मतदाताहरु जहाँ छन् त्यही पुगेर आफ्ना एजेण्डासहित मत माग्ने गरिएको थापाले प्रतिक्रिया दिनुभयो । हालसम्म २० वटा वडाहरुमा पुगेर मतदाताहरुसँग चुनावी भेटघाट गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा एमालेबाट सूर्य थापा र गठबन्धनबाट राजमोकी दुर्गा पौडेल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । थापा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुनुहुन्छ भने पौडेल राजमोकी उपाध्यक्ष हुनुहुन्छ ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा र गठबन्धनबाट माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण अधिकारी (प्रकाश) चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज हरिप्रसाद रिजाल र गठवन्धनबाट कांग्रेसका क्षेत्रीय सभापति एवं चलचित्र निर्माता सरोज थापा (रोज राणा) प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...