फेरी एमाले देशको नेतृत्वमा आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ को निर्वाचनपछि देशको नेतृत्व फेरी पनि एमालेले गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर-५ बाट उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार बिहान टोखा नगरपालिका- ६ मा आयोजित कार्यक्रममा देशको नेतृत्व गर्न सक्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बनाउने भन्दै भाषण गर्नेहरुका अगाडि जनताले एमालेलाई सर्वाधिक मत दिएर विजयी गराएपछि अहिले विदेशीहरुसँग मिलेर एमालेलाई सरकारमा आउन नदिन अनेक प्रपञ्च रचिरहेको बताए ।

देश विकास गर्न सक्ने पार्टी एमालेमात्रै हो भन्ने जनताले थाहा पाइसकेको भन्दै केही उपाय नलागेपछि विरोधीहरु जनतामा एमालेकाविरुद्वमा भ्रम छर्न लागिपरेका पोखरेलले जिकिर गरे । उनले सत्ता गठबन्धनको आलोचना गर्दै भद्दा र स्वार्थहरूको गठबन्धनले देश विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...