फेरी एमाले देशको नेतृत्वमा आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ को निर्वाचनपछि देशको नेतृत्व फेरी पनि एमालेले गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर-५ बाट उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार बिहान टोखा नगरपालिका- ६ मा आयोजित कार्यक्रममा देशको नेतृत्व गर्न सक्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बनाउने भन्दै भाषण गर्नेहरुका अगाडि जनताले एमालेलाई सर्वाधिक मत दिएर विजयी गराएपछि अहिले विदेशीहरुसँग मिलेर एमालेलाई सरकारमा आउन नदिन अनेक प्रपञ्च रचिरहेको बताए ।

देश विकास गर्न सक्ने पार्टी एमालेमात्रै हो भन्ने जनताले थाहा पाइसकेको भन्दै केही उपाय नलागेपछि विरोधीहरु जनतामा एमालेकाविरुद्वमा भ्रम छर्न लागिपरेका पोखरेलले जिकिर गरे । उनले सत्ता गठबन्धनको आलोचना गर्दै भद्दा र स्वार्थहरूको गठबन्धनले देश विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...