झूटो प्रचारमा लागे प्रदीप पौडेल



हाम्रो इकोनोमि

 

 

काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा एमालेका हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका कांग्रेस उम्मेदवार प्रदीप पौडेल अनर्गल र झूटो प्रचारमा लागेका छन् । काठमाडौं–५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग राजनीतिक रूपमा निर्वाचन प्रतिस्पर्धा गर्न नसक्ने देखेपछि पौडेलले पोखरेलविरुद्ध भ्रमपूर्ण, अप्रमाणिक र लाञ्छनायुक्त प्रचार गर्न थालेका हुन् । पौडेलको अराजनीतिक र गिरोहपूर्ण शैलीविरुद्ध पोखरेलको सचिवालयले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण भएको जनाएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेको उक्त क्षेत्रमा पौडेलले अनर्गल र झुटो प्रचार गरेको भन्दै त्यसो नगर्न एमालेले सचेततापूर्वक आग्रह समेत गरेको छ ।

‘लोकतन्त्रमा निर्वाचन स्वस्थ प्रतिस्पर्धामार्फत जनप्रतिनिधि छनोट गर्ने एउटा माध्यम हो । निर्वाचनमा आफ्ना मुद्दाहरू जनतासमक्ष लैजाने र त्यसमाथि स्वस्थ छलफल, बहस गर्ने कुरा स्वाभाविक हुन सक्छन् । तर, गठबन्धनको नाममा खडा भएको सत्तारुढ समूहले काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा त्यसविपरीत निर्वाचनमा हुने प्रतिस्पर्धालाई अस्वस्थ र अमर्यादित प्रतिद्वन्द्वीतामा बदल्ने कोशिस गरिरहेको छ । यसप्रति नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी काठमाडौं ५ को गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आफ्ना एजेण्डाहरू प्रस्तुत गर्नुको साटो सत्ता गठबन्धनका उम्मेदवारले गिरोह शैलीमा प्रतिस्पर्धी उम्मेदवारविरुद्ध भ्रमपूर्ण, अप्रमाणिक, झूट र लाञ्छानायुक्त अभिव्यक्ति दिइरहेको विज्ञप्तिमा उल्लेख छ । ‘कतै अभियोजन नभएका र कहिल्यै प्रमाणित हुन नसक्ने यस्ता निकृष्ट लाञ्छनाको खेती बन्द गर्न र राजनीतिक रूपमा प्रस्तुत हुन हामी उक्त पक्षलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी विकास, समृद्धि तथा योजना र संकल्पका बारेमा आफ्ना मुद्दामा खुला छलफल र बहस गर्न सदैव तत्पर छौं ।’

निर्वाचनमा आफ्ना कुरा भन्दा पनि प्रतिस्पर्धी उम्मेदवारविरुद्ध गाली, बेइज्जती गर्दै हिँड्ने कुरा पराजित मानसिकताको उपज भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तो गिरोह शैलीमा भइरहेका अनर्गल प्रचारबाट कोही पनि भ्रममा नपर्न आम जनसमुदाय र कार्यकर्ता पङ्क्तिलाई पोखरेलको सचिवालयले आग्रह पनि गरेको छ । पौडेलले राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर फेक आइडीहरूमार्फत पोखरेलको चरित्रहत्या गराएको एमालेको आरोप छ । पौडेलले पराजित मानसिकता देखाएको भन्दै राजनीतिक संस्कार भएका युवा नेता भनेर चिनिएका पौडेलले चुनावका बेला प्रतिस्पर्धीलाई प्रमाणित नभएका आरोप लगाउन थालेपछि उनको छवी आलोचित बन्न थालेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...