जनताको साथ पाएका नारायण सिलवाल मतदाता भेटघाटमा व्यस्त



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ क्षेत्र नम्बर ५ (१) को प्रदेशसभा सदस्यका एमालेका उम्मेदवार नारायण सिलवालले निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रम अन्तरगत काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ४ का जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका क्रममा सिलवालले विगतमा गरेका कामले प्रभावित भएको भन्दै जनताले पुनः निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक वर्ष जनतासँग जनप्रतिनिधि कार्यक्रममार्फत समस्या सुन्ने र समाधान गर्ने नेताको रुपमा स्थापित भएको भन्दै जनताले सिलवालको प्रशंसा गरेका हुन् ।

२०७४ को निर्वाचनमा निर्वाचित भएपछि सिलवालको पहलमा वडा नम्बर ४ मा १५ वटा पार्क निर्माण सम्पन्न भएको छ । शंखपार्क, मनमोहन पार्क, धुम्बाराही पार्क, सुकेधारास्थित कृष्णगल्लीको पार्क, लम्टानिङ टुसाल पार्कलगायतका १५ वटा पार्क त्यहाँ निर्माण भएका छन् । एउटै वडामा यति धेरै पार्क बन्नु ठूलो उपलब्धि भएकाले फेरी सिलवाललाई जिताएर बाँकी रहेका विकास निर्माणका काम गर्ने अवसर जनताले दिन चाहेको बताउने गरेका छन् ।

पार्कका अलावा विभिन्न मठ मन्दिर निर्माणको काम पनि सम्पन्न भएको छ । टुँडालदेवी मन्दिर, बंशिधर श्रीकृष्ण मन्दिर, विन्धवासिनी मन्दिर, चुनदेवी मन्दिर पनि निर्माण भएको छ । मठ मन्दिर निर्माणमा जनताको पनि उत्साहजनक सहभागिता र साथ रहने गरेको सिलवालले बताएका छन् । पार्क मठ मन्दिर र अन्य विकास निर्माणका हिसाबले वडा नम्बर ४ काठमाण्डौ महानगरको ३२ वटा वडामध्येकै उत्कृष्ट मानिन्छ ।

अघिल्लो कार्यकालमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वडा नम्बर ४ को वडा कार्यसमितिको सहकार्यमा सिलवाल विकास निर्माणका काम गर्न सफल भएका थिए । पोखरेल उपप्रधानमन्त्री र वडा पनि एमालेले नै जितेकाले अघिल्लो कार्यकालमा सिलवाललाई काम गर्न सहज भएको भन्दै अहिले पनि एमालेकै उम्मेदवारलाई जिताउनुपर्ने त्यहाँका जनताको मत रहेको छ ।

स्वयम सिलवालले पनि वडा, प्रदेश र प्रतिनिधिसभामा एउटै दलको उम्मेदवारले जितेको अवस्थामा विकास निर्माणका काम गर्न सहज हुने अनुभव गरेका छन् । अहिले पनि स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ को वडाध्यक्षसहित टिम नै एमालेको उम्मेदवार विजयी भएका छन् । अब प्रदेशसभामा सिलवाल र प्रतिनिधिसभामा पोखरेललाई विजयी गराएर काम गर्न सहज बनाउनुपर्ने सिलवालको धारणामा जनताले ऐक्यवद्धता जनाएका छन् ।

भेटघाटका क्रममा सिलवालले जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागि भएर आफ्नो निर्वाचन क्षेत्रमा भएका हरेक समस्या समाधान गर्दै आएको स्मरण गराए । जनताको शक्तिबिना केही काम गर्न नसक्ने उल्लेख गर्दै सिलवालले जनप्रतिनिधलाई जनताको साथ भएन भने पानीबिनाको माछा जस्तै हुने बताए । त्यस क्षेत्रका जनताले पनि सिलवालको धारणालाई मनन गर्दै हरेक काममा साथ दिदै आएका छन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि विकास निर्माणका कामका अलावा प्रदेशको नीति निर्माणमा पनि आफू सक्रिय रहने सिलवालको भनाई छ । सिलवालको निर्वाचन क्षेत्रमा पर्ने काठमाण्डौ महानगरको वडा नम्बर २,४ र ५ मा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए । आफ्नो निर्वाचन क्षेत्रको तीन वटै वडा एमालेले जितेकाले आफूलाई चुनाब जित्न सहज हुने सिलवालको बुझाई छ । जनताले पनि त्यस क्षेत्रमा एमालेको विकल्प नखोज्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...