एमालेले जित्नुपर्ने भन्दै मथुरा श्रेष्ठले दिए ईश्वर पोखरेललाई साथ



हाम्रो इकोनोमि

 

 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक समाजका अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिएका छन् । मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुगेका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै श्रेष्ठले आम जनताले फेरि पनि एमाले नेतृत्वको सरकार चाहिरहेको बताए । आम जनताले फेरि पनि केपी ओली नेतृत्वको सरकार आउनुपर्छ भन्ने चाहना प्रकट गरेको आफूले पाएको बताउँदै उनले अझै सशक्त भएर लाग्न पोखरेललाई शुभकामना दिए ।

उनले आफू एमाले नभए पनि एमालेले जित्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताए । एमालेबाहेक अरु कसैले पनि अहिलेको अवस्थामा देशको नेतृत्व गर्नै नसक्ने अवस्थामा रहेको उनको विचार छ ।

सरकारको नेतृत्व एमालेबाहेक अरु कसैको हातमा पुग्यो भने बेइमानी र फट्याइ हुनसक्ने बताउँदै उनले एमालेप्रति जनताको ठूलो आशा रहेको बताए । प्रदेश सभाका उम्मेदवार दीपक निरौलासहित डा. श्रेष्ठ निवास पुगेका उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे । उनले डा. श्रेष्ठको विश्लेषण नै आजको सही कुरा भएको बताउँदै देशलाई माया गर्नेहरूले एमालेलाई रोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...