एमालेले जित्नुपर्ने भन्दै मथुरा श्रेष्ठले दिए ईश्वर पोखरेललाई साथ



हाम्रो इकोनोमि

 

 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक समाजका अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिएका छन् । मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुगेका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै श्रेष्ठले आम जनताले फेरि पनि एमाले नेतृत्वको सरकार चाहिरहेको बताए । आम जनताले फेरि पनि केपी ओली नेतृत्वको सरकार आउनुपर्छ भन्ने चाहना प्रकट गरेको आफूले पाएको बताउँदै उनले अझै सशक्त भएर लाग्न पोखरेललाई शुभकामना दिए ।

उनले आफू एमाले नभए पनि एमालेले जित्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताए । एमालेबाहेक अरु कसैले पनि अहिलेको अवस्थामा देशको नेतृत्व गर्नै नसक्ने अवस्थामा रहेको उनको विचार छ ।

सरकारको नेतृत्व एमालेबाहेक अरु कसैको हातमा पुग्यो भने बेइमानी र फट्याइ हुनसक्ने बताउँदै उनले एमालेप्रति जनताको ठूलो आशा रहेको बताए । प्रदेश सभाका उम्मेदवार दीपक निरौलासहित डा. श्रेष्ठ निवास पुगेका उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे । उनले डा. श्रेष्ठको विश्लेषण नै आजको सही कुरा भएको बताउँदै देशलाई माया गर्नेहरूले एमालेलाई रोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...