भक्तपुरलाई अब महानगरपालिका बनाउँछौं : नेता बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडी बढेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा आयोजना गरेको युवा भेला तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरुको निर्माण प्रकृया अगाडी बढिरहेको जानकारी गराउनुभयो । ‘महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन् । अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो । जनताको जीवनस्तर उच्च बनाउने हो ।’

महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक संरचनाहरु सडक, शिक्षा, स्वास्थ्य, शिक्षा, खेलमैदान, खुल्ला स्थल, होटल तथा पर्यटकीय स्थलहरुको जिल्लामा व्यापकमात्रामा विकास र विस्तार भइरहेको सविस्तार उल्लेख गर्दै उहाँले भक्तपुरको जनताको र समयको माग अनुसार महानगरपालिका बनाउने दृढ संकल्पका साथ एमाले र एमालेका उम्मेदवारहरु अगाडी बढिसकेको दावी गर्नुभयो । जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाई रहेको उल्लेख गर्दै उहाँले अबका दिनमा जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापकमात्रामा औद्योगिकरणको योजना अगाडी बढाईको जानकारी दिनुभयो । भक्तपुरलाई महानगरपालिका बनाउने लक्ष्यका साथ स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनीक वीर अस्पताल, कवोर्ड हल, रंगशाला लगायतका योजनाहरु पनि अगाडी बढिसकेको उहाँले बताउनुभयो ।

पर्यटकीय, धार्मिक, सांस्कृतिक, कलालगायतका क्षेत्रहरुलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले अब जिल्लाका प्रत्येक घरबाट कम्तिमा एक जना मास्टर्स डिग्री पास गरेको मानिसहरुको बौद्धिक समुदायको जिल्लाको रुपमा विकास गराउने आफ्नो योजना रहेको सुनाउनुभयो । जिल्लामा रहेका बौद्धिक वर्गको आवाजलाई संघ तथा प्रदेशको नीति निर्माणमा प्रयोग गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याउँदै उहाँले नेपालका विभिन्न जिल्लाको नागरिकको खोजिको रुपमा मात्र नभई विश्वभरका नागरिकको अध्ययन क्षेत्रको रुपमा भक्तपुरको विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले बागमती प्रदेशका सदस्य शसी जंग थापा, एमालेका उम्मेदवार किरण थापालगायतले आ–आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा सयौं युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...