देउवाकै गृहजिल्लामा कांग्रेसको वडा समितिले गर्यो चुनाव बहिष्कार



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले आगामी निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले बताउनु भएको छ । अध्यक्ष थापा मगरले बिज्ञप्ती नै जारी गरी यस्तो घोषणा गर्नुभएको हो ।

‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निणर्य बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा अब जिल्लास्तरका नेताहरुसँग नभएर सोझै प्रधानमन्त्री देउवासँगमात्र कुरा गर्ने समेत उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...