नागरिक दैनिकलाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण



हाम्रो इकोनोमि

 

 

प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्टुन प्रकासित गरेको भन्दै नागरिक दैनिकसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । नागरिक दैनिकमा विहीवार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै होच्याउने र तथ्यहीन सामाग्री मार्फत व्यंग्यसहितको कार्टुन प्रकासित भएको थियो ।

काउन्सिलले काटेको पत्रमा तथ्यहीन सामाग्री राखेर होच्याउने, दूर्भावना राख्ने जस्ता काम गर्नुको कारण सोधिएको छ । पत्रमा कुनै राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी आचारसंहिता प्रतिकुल कार्टुन के कसरी सम्प्रेषण भएको हो ? यस्ता सामाग्रीले कुनै दल विशेषको नेतालाई चुनावका बेला होच्याउने वा दूर्भावना राख्ने काम गर्छ कि गर्दैन ? २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ । पत्र बिहीवारै पठाइएको काउन्सिल स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...