दोहोरी गायिका बबिता बानियाँ (जेरी)को डिभोर्स केस अदालतमा



हाम्रो इकोनोमि

 

 

‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीचको डिभोर्स केस चलिरहेको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भन्यो । अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् ।

जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डिभोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख छ । सम्पत्तिको बाँडफाँटको विषय भने प्रष्ट भएको छैन ।

जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । उनीहरू दुवै काठमाडौंमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । करिब एक महिनादेखि भने उनीहरू अलग-अलग बस्न थालेको स्रोतले बताएको छ । दसैँअगाडि नै उनीहरूले डिभोर्सको तयारी गरेका थिए । तर, जेरी डेंगुले थलिएपछि केस फाइल गर्न ढिलाइ भएको हो ।

नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।

उनीहरू दुवैले मिलेर आफ्नै जुनकिरी दोहोरी साँझ सञ्चालन गरिरहेका थिए । त्यसको रेखदेख शंकरले गर्थे । श्रीमान्‌सँग विवाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् । स्रोतका अनुसार विवाह गरेदेखि नै उनीहरू एक-अर्काप्रति शंकालु हुन थालेका थिए । श्रीमतीसँगको सम्बन्धमा शंकर बफादार नहुनु नै विवादको जड भएको स्रोतको भनाइ छ । डिभोर्सको मुद्दा शंकरले नै दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...