माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगले पत्र काटेको छ ।रौतहट १ का तिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

रौतहटमा आयोजित कार्यक्रममा नेपालले आफूले निर्वाचन जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको समाचार प्रकाशन भएकाले उनलाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । उक्त श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परिक्षण गर्दा तपाईको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । त्यहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन आयोगले रौतहट प्रहरीलाई पत्र समेत लेखेको छ ।

तपाईंलाई निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल प्रभाव पार्ने गरी फ्रि भिसा फ्रि टिकटमा युवालाई विदेश पठाउने भनी अभिव्यक्ति दिने कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) को प्रतिकूल भई निर्वाचन आचारसंहिताको उल्लघन हुन गएकोले तपाईलाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा ३ तथा उपदफा ४ बमोजिमको कारवाही किन गर्नु नपर्ने हो ? भन्दै प्रश्न गरेको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ । उक्त व्यवस्थाको उल्लघन हुने गरी कुनै कार्य भएमा उम्मेदवारको हकमा निर्वाचन अयोग ऐन, २०७३ को दफा ३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र ऐनको दफाको उपदफा ४ बमोजिम उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...