काठमाण्डौं ४ मा राजन भट्टराईको पल्लाभारी



हाम्रो इकोनोमि

 

अघिल्ला दुई चुनाव सहजै जितेका थापाका लागि यसपटकको काठमाडौं ४ को ‘ब्याटल ग्राउन्ड’ले लोकप्रियताको अग्निपरीक्षा लिँदैछ । गएको स्थानीय तह निर्वाचनमा उनको निर्वाचन क्षेत्रमा पर्ने भूगोलमा एमालेले बलियो उपस्थिति देखाएको छ । जसका कारण उनको कठिन परीक्षा हुने निश्चित छ ।

यसबाहेक काठमाडौंमा स्वतन्त्रहरूको बोलवाला बढेको अवस्थाले उनको अवस्था के हुन्छ ? त्यो हेर्नलायक छ । यसपटक काठमाडौंको ४ मा गगनको लोकप्रियता जिरोमा झरेको छ । गएको स्थानीय तह निर्वाचनमा राजन भट्टराईको पल्लाभारी रहेको छ ।

यसबाहेक राप्रपाले सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठलाई मैदानमा उतारेको छ । यहाँ ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअनुसार वडाध्यक्ष मतमा यहाँ पहिलो दल एमाले र दोस्रोमा कांग्रेस छ ।

जसअनुसार एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादी केन्द्रको ८४४ र जसपाको ३१७ मत छ ।

थापासँग एमालेले अझै राजन भट्टराईलाई नै मैदानमा उतारेको छ । भट्टराई थापासँग २०७४ मा पराजित भएका थिए । थापाले २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत पाएका थिए । भट्टराईलाई त्यतिवेला माओवादी केन्द्रको पनि साथ थियो ।

गगन थापाले लगातार दुईपटक निर्वाचन जितिसकेको क्षेत्र हो- काठमाडौं ४ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई छिचोलेर उनले चुनाव जितेका थिए । पछिल्लो समय उनी पार्टीको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ महामन्त्री चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...