कांग्रेससँग चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा छैन : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गरेका छन् । झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले २३/२४ वर्ष सरकारको नेतृत्व गर्दासमेत कांग्रेसले कुनै काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘देश विकास गर्ने एमाले एकातिर र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने गठबन्धनसँग मंसिर ४ गते हुने निर्वाचनका महासंग्राममा छौँ । हामी जनता र देशका लागि के छौँ र भोलि के गर्नेछौँ भनेर बताइरहेका छौँ । गठबन्धनको भ्रमबाट मुक्त गराइरहेका छौँ ।’

कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको समेत बताए । उनले भने, ‘कांग्रेसले काम केही गरेको छैन । उहाँहरूले सधैँ झैं घोषणापत्र त ल्याउनुहोला । भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र यहाँहरूले जनताको बीचमा छर्नुहुनेछ । त्यो कुनै कांग्रेसको हुनेछैन । पटक-पटक सरकारको नेतृत्व गर्दा कुन एउटा राम्रो काम गर्‍यो देखाउनुस् । २३/२४ वर्ष सरकारको नेतृत्व गरेको छ । होइन भने हामीसँग सोधे हुन्छ । हामी सयौँ कुरा भन्नेछौँ ।’

जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेता-कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिए । उनले राप्रपा आफैँ चलेको पार्टी भएकाले चुनावी तालमेल गरेको बताए । उनले भने, ‘राप्रपालाई त कसैले चलाएको त छैन नि । गठबन्धनवालाहरू त क-कसले चलाउँछ भन्ने थाहा छैन । यिनीहरू त कुसुलेले नचाउने कठपुतलीजस्ता हुन् । त्यसैले कठपुतलीको शासन हुनुभन्दा राप्रपाले देशको माया त गर्छ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...