कांग्रेससँग चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा छैन : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गरेका छन् । झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले २३/२४ वर्ष सरकारको नेतृत्व गर्दासमेत कांग्रेसले कुनै काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘देश विकास गर्ने एमाले एकातिर र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने गठबन्धनसँग मंसिर ४ गते हुने निर्वाचनका महासंग्राममा छौँ । हामी जनता र देशका लागि के छौँ र भोलि के गर्नेछौँ भनेर बताइरहेका छौँ । गठबन्धनको भ्रमबाट मुक्त गराइरहेका छौँ ।’

कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको समेत बताए । उनले भने, ‘कांग्रेसले काम केही गरेको छैन । उहाँहरूले सधैँ झैं घोषणापत्र त ल्याउनुहोला । भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र यहाँहरूले जनताको बीचमा छर्नुहुनेछ । त्यो कुनै कांग्रेसको हुनेछैन । पटक-पटक सरकारको नेतृत्व गर्दा कुन एउटा राम्रो काम गर्‍यो देखाउनुस् । २३/२४ वर्ष सरकारको नेतृत्व गरेको छ । होइन भने हामीसँग सोधे हुन्छ । हामी सयौँ कुरा भन्नेछौँ ।’

जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेता-कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिए । उनले राप्रपा आफैँ चलेको पार्टी भएकाले चुनावी तालमेल गरेको बताए । उनले भने, ‘राप्रपालाई त कसैले चलाएको त छैन नि । गठबन्धनवालाहरू त क-कसले चलाउँछ भन्ने थाहा छैन । यिनीहरू त कुसुलेले नचाउने कठपुतलीजस्ता हुन् । त्यसैले कठपुतलीको शासन हुनुभन्दा राप्रपाले देशको माया त गर्छ ।’

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...